मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

जाडोमा तताउन आईन् हर्षिका

फिल्मीखबर, काठमाण्डौ, 2013/01/18

माघको यो जाडोमा नायिका हर्षिका श्रेष्ठले दर्शकलाई तताउने पक्का छ । फाल्गुन १८ गते रिलिज हुने बताईएको फिल्म 'नतिजा'को प्रस्तुत सार्वजनिक गीतमा हर्षिकालाई करियोग्राफर बसन्त श्रेष्ठले निकै हट नायिकाको रूपमा प्रस्तुत गराएका छन् ।

 

प्रल्हादभक्त संग्रौलाको शब्दसंगीत तथा रिजा उप्रेतीको स्वर रहेको `रोकनन यो रात...` बोलको गीतमा नायिका श्रेष्ठलाई नवनायक सोहित मानन्धरले साथ दिएका छन् । शक्ति पण्डित, सपना श्रेष्ठ तथा गोबिन्द तिमल्सिनाको संयुक्त निर्माण रहेको नतिजामा बिशाल पोखरेल, शुशिल पोखरेल र सिर्जना सुब्बाको पनि मुख्य भुमिका रहेको छ । प्रेमकथामा आधारित यो फिल्मलाई प्रमोद भण्डारीले निर्देशन गरेका हुन् ।