मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

हिन्दी फिल्ममा दिलिप रायमाझीको नाम !

फिल्मीखबर, काठमाण्डौ, 2012/12/04

यसअघि पनि महानायक राजेश हमाल हिन्दी फिल्म रावोडी राथोरमा अभिनय गरेको भनेर हल्ला गरिएको थियो । अनलाईन विश्वकोषको रूपमा परिचित विकिपिडियामा महानायक हमालले पनि अभिनय गरेको उल्लेख गरिए पछि यस्तो हल्ला गरिएको थियो । यस्तै नेपाली फिल्मका अर्का स्टार दिलिप रायमाझी हिन्दी फिल्ममा अभिनय गरेको विकिपिडियामा उल्लेख छ ।

 

नेपालमा केहि हल सञ्चालकहरूले र राजेश हमालको नाम बेचेर पनि रावोडी राथोर फिल्मको पब्लिसिटी गरेका थिए । राजेश हमाल हिन्दी फिल्ममा भन्दा सुन्नेलाई र पढ्नेलाई पनि अनौठो लाग्नु स्वाभाविक नै हो । तर यस्ता गलत समाचारले दर्शकलाई भ्रममा पार्नु भने पक्कै राम्रो हैन । सन् २०१३ मा रिलिज हुन लागेको फिल्म 'एनीबडी क्यान डान्स' मा दिलिप रायमाझीको नाम उल्लेख छ तर फिल्मको प्रोमो र पोस्टरमा भने दिलिपको न अनुहार छ न नाम नै ।

 

हाल लण्डनमा रहेका नायक रायामाझीले फिल्मीखबरसँग कुरा गर्दै आफू कुनै हिन्दी फिल्ममा काम नगरेको बताए । यसरी काम नै नगरेको फिल्मसँग नाम जोडिदा आफू अचम्ममा परेको उनले सुनाए । 'यसरी नेपाली कलाकारको नाम किन राखिन्छ र कस्ले राख्छ खोजीको बिषय हो', दिलिपले बताए । संसारले हेर्ने यो बिश्वकोषलाई जो कोहीले सम्पादन गर्न मिल्ने भएकाले पनि गलत विवरणहरू आईरहने गर्दछन् ।

 

http://en.wikipedia.org/wiki/ABCD:_Anybody_Can_Dance