मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

पहिलो पटक रोज राणा श्रीमती सहित सार्वजनिक स्थलमा

अनुप भट्टराई, काठमाण्डौ, 2012/12/03

शायद तपाईलाई थाहा नहुन सक्छ रोज राणा बिवाहित हुन् भनेर तर उनी विगत ६ बर्षदेखि बिवाहित रहेको रहस्य खुलेको छ । सोमबार आफ्नो बिवाहको पाँचौ बर्षगाँठ (म्यारिज एनिभर्सरी) को अबसरमा उनी श्रीमतीका साथ फिल्म हेर्न सिटी सेन्टर स्थित विग मुभीज पुगेका थिए । जहाँ उनका विभिन्न पोजका तस्बिरहरुलाई फिल्मीखबरले क्लिक गर्न भ्याएको छ । (विग मुभीज विग सिनेमाको ब्यवस्थापन परिवर्तन भएर राखिएको नयाँ नाम हो ।)

 
रोज यस अघि नै बिवाहित रहेको खबर गाईगुई रुपमा बाहिरिए पनि आफ्नो बिवाहको बारेमा उनले मिडियाले प्रश्न सोध्दा पनि लुकाउदै आएका थिए । एक महिना अघि उनको एक हिरोईनसंगको अफेयरको बिषयमा ठूलो कन्ट्रोभर्सी समेत भएको थियो । यसरी सार्वजनिक स्थलमा पहिलो पटक श्रीमती सहित रोज देखिएपछि उक्त कन्ट्रोभर्सीबाट उनी बाहिर निस्कएको सजिलै अनुमान लगाउन सकिन्छ । यस्तै फिल्मीखबरको स्टिङ अप्रेशनले रोजको बिवाहको तस्बिर समेत फेला पारेको छ । उनकी श्रीमतीको नाम उपमा केसी हो । 
 
रोजले उपमासंग २०६४ साल मंसिर १८ गते हेटौडाको पल्पसा पार्टी प्यालेसमा बृहत शैलीमा मागी बिवाह गरेका थिए । जुन बिवाहमा रोज निकट फिल्म क्षेत्रका औलामा गन्न सकिने ब्यक्तिहरुको मात्र उपस्थिती रहेको थियो । उनले आफ्नो बिवाहमा काठमाण्डूबाटै जन्ती लगेपनि बिवाहलाई गोप्य राख्न नारायणगढको किचन क्याफेमा रिसेप्सन पार्टी दिएका थिए । प्युठानका रोज हाल ज्ञानेश्वरमा बस्दै आएका छन् । रोजकी श्रीमती फेसन डिजाईनर हुन् । फेसन डिजाईनमा ब्याचलर गरेकी उपमा काठमाण्डूमा एक भब्य बुटिक समेत खोल्ने तयारीमा छिन् ।