मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टेज शोमा नै रमाउने तक्मे बुढा

फिल्मीखबर, काठमाण्डौ, 2012/12/02

'स्टेजबाट नै आएको हुँ त्यसैले स्टेजमा नै बढि रमाईलो लाग्छ', पछिल्लो समय फिल्म भन्दा बढि स्टेज शोमा व्यस्त रहेका कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ले फिल्मीखबरसँगको भेटमा भने, 'दर्शकको प्रतिक्रिया पनि छिटो पाइन्छ अनि दाम पनि राम्रै पाइन्छ त्यसैले स्टेजमा नै म बढि रमाउँछु ।'

 

चर्चित टेलि फिल्म 'मेरी बास्यै' मा तक्मे बुढाको भुमिकामा देखिए पछि नै चर्चामा आएका २५ बर्षे यि राई ठिटो फिल्ममा भन्दा बढि बिदेशमा हुने स्टेज कार्यक्रममा व्यस्त छन् । 'अहिले त फिल्मका लागि समय दिन पनि गार्‍हो भईसकेको छ', विल्सनले भने, 'फिल्मले लामो समयसम्म टिकाई रहने भएकाले यो क्षेत्र छोड्न पनि सक्दिन त्यसैले आएका अफरहरूलाई समयले साथ दिए सम्म आत्मसाथ गर्ने गरेको छु ।'

 

मेरी बास्यैमा काम गरेको एक बर्ष बित्न नपाउँदै तक्मे बुढाको नामले १४ देशको भ्रमण गरिसकेका विल्सन यहि डिसेम्बर १६ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा हुन लागेको एक कार्यक्रममा सहभागी हुँदैछन् । त्यस्तै भोली पल्ट १७ तारिखका दिन माग्ने बुढासँग उनले सिड्नीमा नै स्टेज शो गर्दैछन् । अष्ट्रेलियाको केहि दिने भ्रमण पश्चात नेपाल आएर पौष ७ गते धनकुटामा हुन लागेको साँगितिक कार्यक्रममा पनि सहभागी भएर दुबई, कतार र जापानमा स्टेज शोका लागि पुग्ने छन् ।
 

नेपथ्य फिल्मको सुटिङ स्पटमा भेटिएका विल्सन हँसिलो मुद्रामा खुल्दै भन्छन्, 'मेरी बास्यैले आज मलाई यो स्थान दिएको छ त्यसैले माग्ने बुढाको म ऋणी छु । जीवनमा तिरेर नसकिने ऋणको भारी बोकाई दिनुभएको छ उहाँले ।' रिदम, प्रमिश र प्रोड्यूसर फिल्मको रिलिज पर्खाइमा रहेका विल्सनले शुरूका दिनमा गरेको दु:खले आज सबैको मायाको पाएको बताए ।