
छविराज प्रोडक्सनको पहिलो फिल्म हमेशामा अनु शाह अनुबन्ध भएकी छिन् । यस अघि विनिता बराललाई सो प्रोजेक्टमा अनुबन्ध गर्ने खबर बाहिरिए पनि अन्तत: गेष्ट अपेरियन्समा अनुलाई हमेशा यूनिटले लिएको हो ।
दशै अगावै सुटिङ सुरु गरिएको यो फिल्मको दशै र तिहार ब्रेक बाहेक ५३ दिनका दिन आज सुटिङ प्याकअप भएको छ । आज यो फिल्मको मोबाईल सुटिङ पश्चात सम्पूर्ण सदस्यले रेष्ट लिएका छन् । फिल्ममा रेखा थापा र सविन श्रेष्ठ लिड रोलमा छन् । यस्तै यो फिल्म मार्फत नरेन खड्काले छविराज प्रोडक्सनको नयाँ हिरोको रुपमा ट्याग भिर्ने मौका पाएका छन् । सविर श्रेष्ठलाई आफनो ब्यानरमा दोहोर्याएका छवि ओझाले हमेशाको रिलिज डेट चैत्र ३० लाई तोकेका छन् ।
नयाँ निर्देशकहरुको लिष्ट गनिएका सबिर एक पछि महंगा प्रोजेक्टमा अनुबन्ध भईरहेका छन् तसर्थ पनि उनले भोली देखि रमेश त्वयनाको आधि बाटो टाईटलको नयाँ फिल्मको प्रि–प्रोडक्सनलाई हमेशाको एडिटिङसंगै अघि बढाउने छन् । आधि बाटोको माघ पहिलो साता देखि फ्लोरमा जाने सबिरले बताएका छन् । सबिरका अनुसार पौष एक गते हमेशाको फष्ट लुक ट्रेलर पनि रिलिज गरिने छ ।