मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अध्यायको नयाँ प्रोमो

फिल्मीखबर, काठमाण्डौ, 2012/12/02

पौष २७ गते रिलिज हुने बताईएको फिल्म 'अध्याय' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले कथालाई सस्पेन्स बनाए पनि फिल्म पूर्ण प्रेमकथामा आधारित रहेको बताईएको छ ।

 

अहिलेका युवाहरूको प्रेम गर्ने शैलीलाई चित्रण गरि समयानुसारको फिल्म बनाएको निर्माण पक्षले बताएको छ । मनोरञ्जनात्मक यो फिल्मलाई प्रवीण स्याङ्बोले निर्देशन गरेका हुन् भने निर्माण उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही, निदेश श्रेष्ठले गरेका हुन् । तन्नेरी पुस्ता लक्षित यो फिल्ममा कर्मा, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको मुख्य अभिनय रहेको छ ।

 

फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिक मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट,  ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ । फिल्मको कथा निर्देशक स्याङ्बोले नै लेखेका हुन् ।