मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

शुष्माको मस्त जवानीमा सबै लठ्ठ

फिल्मीखबर, काठमाण्डौ, 2012/12/02

बन्द कोठामा एकनाशले गीत गुन्जिरहेको छ । सबैजना रक्सीले मत्त छन् । माहौल निकै गरमागरम छ । मानिसहरु आउने जाने क्रम चलिरहेको छ । त्यहि बीचमा चार जना लक्का जवानहरुको प्रवेश हुन्छ, बन्द कोठाभित्र । पहिल्यै केहि मत्त भएर आएका उनीहरु बन्द कोठा प्रवेश संगै बजिरहेको संगीतमा झुम्न थाल्छन् ।


बन्द कोठा अर्थात ठमेलको एउटा डान्स बार । बारमा आफ्नो मस्त जवानी देखाउँदै नाचिरहेकी छिन् नायिका शुष्मा कार्की । नाच्नमा व्यस्त कार्कीलाई बारसम्म पुगेर भेट्न आएका चार जना जवान केटाहरु पनि उनको मस्त जवानीमा हराईरहेका छन् । साथीले पाएको सफलतालाई विशेष बनाउनका लागी उनीहरु डान्स बारसम्म पुगेका हुन् । आदित्य बुढाथोकी, रेम बिक, विल्शनविक्रम राई र मानव सुवेदी डान्स बारमा रक्सीले उन्मत्त भएर नाच्दै शुष्माको मस्त जवानीमाथि आँखा गाडीरहेका छन् ।



दिउँसो करिब १ बजेको समयमा हामी ठमेलको नशा बारमा पुग्दा यस्तो खालको दृश्य देखियो जहाँ शुष्मा कार्कीलाई आदित्य, रेम, विल्शन र मानवले बीचमा राखेर घेरिरहेका थिए । दिउँसै रात पारेर शुष्माको मस्त जवानीमा हराईरहेका चार जना युवाहरु नाच्दा नाच्दै रोकिए जब नेपथ्यबाट कट भन्ने आवाज आयो । निर्देशक रामराजा दाहालको निर्देशनमा बनिरहेको पछिल्लो फिल्म 'नेपथ्य' भित्र रहेको एउटा आईटम नम्बरको लागी यो सब माहौल तयार पारिएको थियो । र, शुष्मा कार्की फिल्ममै रहेको गीत मेरो मस्त जवानीमा आफ्नो जवानीलाई पस्किरहेकी थिईन् । यी सबै दृश्यलाई कैद गर्दै थिए सिनेम्याटोग्राफर शुशन प्रजापति । शुष्मासंगै जाँड चार केटाहरुलाई डान्सका विभिन्न स्टेप सिकाउँदै थिए कोरियोग्राफर गम्भिर बिष्ट ।

 



नेपथ्य फिल्मको ८० प्रतिशत छायाँकन पुरा भैसकेको निर्देशक रामराजा दाहालले बताए । प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको फिल्मको छायाँकन अबको केहि दिनमा सकिने निर्देशक दाहालले जानकारी गराए । मुलधारका फिल्महरु बनाउँदै आएका दाहालले यो पटक भने सम्पुर्ण कलाकारहरु नयाँ अनुहारका राखेर केहि नयाँ खालको फिल्म बनाएको बताए । यो फिल्मबाट नायकको रुपमा आदित्य बुढाथोकी, रेम बिक र मानव सुवेदीले नै डेब्यु गरेका हुन् ।

 

 

यसअघि आदित्य काठमाण्डौमै रहेर नेपाली फिल्म उद्योगमा प्रवेश गर्नका लागी संघर्षरत थिए । त्यस्तै अर्का डेब्यु नायक रेम बिक पोखरामा रहेर विग एफएम र आर्दश नेपाल दैनिकमा पत्रकारिता गरिरहेका थिए । उनी फिल्मीखबर डटकमका पोखरा संबाददाता पनि हुन् । त्यस्तै मानव सुवेदी ओस्कार कलेज अफ फिल्म स्टडिजका उत्पादन हुन् । उनीहरुका अलावा फिल्ममा नायकको रुपमा विल्शनविक्रम राई पनि देखिएका छन् । त्यस्तै फिल्ममा नायिकाको रुपमा सोना तिमिल्सिनाले पनि डेब्यु गरेकी छन् । फागुन महिनासम्म प्रर्दशनमा ल्याउने तयारी भैरहेको फिल्म नेपथ्यको कथा सुवाससिंह बस्न्यातले लेखेका हुन् । फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् ।