
पाठेघरको क्यान्सरले थलिएकी मनिषा कोईरालालाई थप उपचारको लागि अमेरिका लगिएको छ । हिजो राति उनको परिवारले उनलाई अमेरिका लगेको हो ।
मनिषालाई न्यूयोर्क स्थित मेमोरियल स्लोन केट्रिङ्ग क्यान्सर सेन्टरमा उपचार गरिने बताईएको छ । गत मंगलबार मुम्बई स्थित जसलोक अस्पतालमा भर्ना भएकी उनको बिहिबार तल्लो पेटमा रहेको क्यान्सरको अप्रेशन गरिएको थियो । क्यान्सरको पहिलो अवस्था रहेका कारण अमेरिकाको क्यान्सर सेन्टरमा केही हप्ता विभिन्न विधिद्धारा उनलाई उपचार गरिने छ ।