
मंसिर चौथो साता देखि फ्लोरमा जाने तयारीका साथ 'नो स्मोकिङ' टिम लोकेशन फाईनलका लागि सिन्धुपाल्चोक स्थित चिसापानी पुगेको छ ।
निर्देशक सुमन दाहालले ट्रनिङ पोईन्टको रुपमा सुरु गरेको यो प्रोजेक्टको सुटिङ दोलखा जिल्लाको बादल माथिको रमणीय क्षेत्र मुडे सहित राजधानीका विभिन्न स्थानमा हुनेछ । लोकेशन फाईनलका लागि निर्देशक दाहाल सहित निर्माता मुरारी पोखरेल, गीतकार शंकर अधिकारी घायल, स्क्रिप्ट राईटर सरोज प्याकुरेल, कोरियोग्राफर विकास घले र सो फिल्मबाट डेब्यू गर्न लागेका हिरो दिनेश देवकोटा छन् ।
खैरावङ फिल्म प्रोडक्सन कम्पनी मार्फत निर्माण हुन लागेको यो फिल्ममा झरना थापा पनि प्रमुख कलाकारको रुपमा छिन् । यसैगरी यो फिल्मबाट लमजुङ जेसिजकी सस्थापक अध्यक्ष एवं गायिका तथा सञ्चारकर्मी जमुना जोशीले पनि हिरोईनको ट्याग भिर्दैछिन् । पछिल्लो समयमा यौनलाई मुख्य विषयबस्तु बनाएर फिल्म निर्माण भईरहेको ट्रेन भन्दा विरित रहेर निर्देशक दाहालले समाजको लागि सन्देश मुलक फिल्म भनेका छन् नो स्मोकिङलाई ।
