मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिउड : न्यू ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/12/01

'दिस ईज कलिउड नट हलिउड, एउटा अक्षरको मात्र अन्तर छ बोल्दा लेख्दा र सुन्दा, बट ह्वेन यू ओपन योर आईज दियर ईज अ ह्यिूज डिर्फेन्सं'  

 

अनौठो डरलाग्दो र  रोमान्चक दुनिया कलिउडको कथालाई बुन्दै निर्देशक नवराज आचार्यले आफ्नो फिल्मको नयाँ ट्रेलर रिलिज गरेका छन् । भाईटिकाको दिन पहिलो ट्रेलर रिलिज गर्दा जति सकारात्मक प्रतिक्रिया निर्देशक आचार्यले पाएका थिए त्यो भन्दा बढी नयाँ ट्रेलरबाट दर्शकको मन जित्न सक्ने उनको ठम्याई छ । पहिलो ट्रेलर अनलाईन तथा फिल्महलका दर्शक लक्षित थियो भने आज सार्वजनिक गरिएको ट्रेलर टेलिभिजन दर्शकका लागि । 

 
न्यू स्टार प्रिंयका कार्की र आर्यन सिग्देलको केमेष्ट्रीले भरिएको कलिउडको प्रोमोशनलाई तिब्रता दिईदै दुई दिन पश्चात फिल्मको गित पनि सार्वजनिक गरिने प्रोडक्सन कम्पनी जि वान क्रिएसनले जनाएको छ । टंक कार्कीको निर्माण रहेको यो फिल्ममा बिष्णु कार्की र पायल थापाको पनि मुख्य अभिनय रहेको छ ।