मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

दुई फिल्मको शुरूवात सन्तोषजनक

फिल्मीखबर, काठमाण्डौ, 2012/11/30

मंसिर १ गते रिलिज भएको फिल्म लंकाको ओपनिङ कलेक्सनबाट केहि आशावादी भएका फिल्म मेकरहरूलाई आज शुक्रबार रिलिज भएका दुई फिल्मले भने केहि निराश बनाए । यानकी आजबाट देशभर प्रदर्शनमा आएका दुई फिल्म 'मेरो जीवन साथी' र 'चन्द्रावती' ले उत्साहजनक व्यापार नगरेको रिपोर्ट प्राप्त भएको छ ।

 

जीवन साथी निर्माण युनिटले दिएको जानकारी अनुसार फिल्मले ठिकै व्यापार गरेको छ । बिबाहको मौसम र हिन्दी फिल्म तलासले व्यापारमा केहि असर पारेकाले सोचे अनुरूपको कलेक्सन हुन नसकेको युनिटको भनाई छ । तर पनि फिल्महरू नचलिरहेको अवस्थामा यसको शुरूवातबाट निराश भईहाल्नु पर्ने अवस्था नआएको फिल्मकर्मी बताउँछन् । दुबै फिल्मका निर्माता भने भोलीबाट पिकअप लिनेमा विश्वस्त छन् ।

 

सूर्य कार्कीको निर्माणमा दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको लभ स्टोरी फिल्म 'मेरो जीवन साथी' मा मल्टिस्टार राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की, रागिनी खड्गीको साथमा नयाँ प्रस्तुतीको रूपमा शिबन पोखरेलको मुख्य अभिनय रहेको छ । यता संजय बुलुनको निर्माण र राजु गिरीको निर्देशन रहेको चन्द्रावतीमा राजेश हमाल, आयुष रिजाल, शशि खड्का, युना उप्रेती लगायतले अभिनय गरेका छन् ।