मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`भाईरस` को नाम परिवर्तन गरि `नेपथ्य`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/30

कार्तिक २३ गतेबाट फ्लोरमा गएको फिल्म 'भाईरस' को नाम परिवर्तन गरिएको छ । करिब ८० प्रतिशत सुटिङ सकिंदा नामका केहि नकारात्मक छाप पर्न सक्ने संकेत देखेर युनिटले 'नेपथ्य' नाम राखेको छ ।

 

फिल्मका निर्देशक रामराजा दाहालले आफ्नो निर्माण युनिटसँग सल्लाह गरेर नाम परिवर्तन गरेको बताए । सपनाहरुको कथा भनिएको यो फिल्मलाई निर्देशक दाहालले नै निर्माण गर्दैछन् । निर्देशक दाहालले यो फिल्मलाई आफ्नो करियरसंग जोडिएको फिल्म भनेका छन् । यसअघि निर्देशन गरेका फिल्मले खासै राम्रो सफलता पाउन नसकेकाले पनि यो फिल्मबाट उनले निकै आश राखेका छन् । भन्छन्, 'मेहनत पनि निकै गरेका छौं र टिम पनि राम्रो पाएको छु । त्यसैले आशा छ फिल्म राम्रो बन्छ ।'
 

 

युवाहरूको सहभागिता रहेको यो फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, मानव सुवेदी, सोना तिमिल्सिना, रेम बिक लगायतले अभिनय गरिरहेका छन् । युवाहरूले आफ्ना सपना पुरा गर्न गर्ने संघर्षमा केन्द्रित यो फिल्मलाई सुशान्त प्रजापतिले क्यामेरामा कैद गर्दैछन् । सुवाससिंह बस्न्यातको लेखन रहेको फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् । रामराजालाई निर्देशनमा अपवाद फिल्मका निर्देशक सुवास कोईरालाले सघाई रहेका छन् ।