मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्ड पुनः कान्तिपुरमा

फिल्मीखबर, काठमाण्डौ, 2012/11/29

विगत दुई बर्षदेखि टिटीभीसंगको सहकार्यमा हुँदै आएको चलचित्र प्राविधिक संघको नेफ्टा अवार्ड पुनः कान्तिपुर टेलिभिजनमा सरेको छ । टिटीभीका एजिएम (असिस्टेन्ट जनरल म्यानेजर) महेश श्वार पुनः कान्तिपुर मिडिया ग्रुपका जागिरे भएपछि उनीसंगै सो अवार्ड पनि सरेको हो । स्वार यस अघि कान्तिपुर टेलिभिजनमा हुँदा नेफ्टाको दोस्रो र तेस्रो संस्करण सोही टेलिभिजन मार्फत सम्पन्न भएको थियो ।


स्वार अहिले कान्तिपुर पब्लिकेशन अर्न्तगत मार्केटिङ चिफका रुपमा नियूक्त भएका छन् । कान्तिपुर ग्रुपका निर्देशक कैलाश सिरोहियाको परिवार भित्रका सदस्य स्वारको पावरको कारण नेफ्टा अवार्डले पुनः कान्तिपुरमा स्पेश पाएको हो । 'कान्तिपुरसंगको पुनः सहकार्य सम्बन्धमा केही दिनमा अफिशियल जानकारी गराउने छौ', प्राविधिक संघका महासचिव अनन्त तिम्लिसनाले बताए । तिम्लिसिनाका अनुसार माघ मसान्त सम्म छैठौं नेफ्टा अवार्ड समापन हुनेछ ।