
अचानक स्वास्थ्यमा गडबडी भएपछि केहि दिन अगाडी काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्री मनिषा कोईरालालाई क्यान्सर भएको बताईएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाए अनुसार उनलाई अहिले मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको छ ।
केहि दिन देखि नेपालमा बस्दै आएकी मनिषालाई दुई दिन अघि मुम्बई लगिएको उक्त अनलाईनमा उल्लेख छ । तर क्यान्सर कसरी र कहाँ भएको छ भन्ने कुरा खुलाईएको छैन । अहिले उनको उपचारमा आमा शुष्मा खटिएकी छिन् । यस्तै बाबु प्रकाश र भाई सिद्धार्थ पनि मुम्बई गएको बताईएको छ । पति सम्राट दाहालसँग सम्बन्ध बिच्छेद गरेर काठमाण्डौमा घर बनाईरहेकी मनिषालाई शुरूमा फुड प्वाईजन भएको बताईएको छ ।
स्मरण रहोस् मनिषाका हजुरवुवा बिपी कोईराला, केशव कोईराला र तारणीप्रसाद कोईरालाको साथमा चर्चित नेता गिरीजाप्रसाद कोईरालालाई क्यान्सर नै भएको थियो । उनीहरूको मृत्युको कारण क्यान्सर नै थियो । फिल्मीखबर मनिषाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।