मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघमा चहलपहल तीब्र/ पुस ७ मा पिकनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/11/29

रमेश बुढाथोकीको नेतृत्व रहदा शून्य देखिने चलचित्र कलाकार संघमा फिल्मकर्मीहरुको चहलपहल बढ्न थालेको छ । नवल खड्काको नेतृत्व आएसंगै संघमा चहलपल बढेको हो ।

 

अहिले हरेक दिन २५ बढी सक्रिय फिल्मकर्मी कलाकार संघको दैलोमा पुग्ने गरेका छन् जसबाट अध्यक्ष खड्काले आफूमा काम गर्ने हौसला निकै बढेको तर्क गरेका छन् । नवलले हरेक महिनाको अन्तरालमा कलाकार संघको क्रियाकलापलाई बृहत शैलीले सार्वजनिक गर्ने खाका पनि तयार गरेका छन् । जस अन्र्तगत उनले यहि पौष ७ गतेका लागि फिल्मकर्मीहरुको सामिप्यता बढाउन पिकनिक कार्यक्रम तय गरेका छन् । 

 
पिकनिकको बिषयमा उनले भने,'पिकनिकलाई रमाईलो गर्ने भन्दा पनि सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहने गरी हामीले तय गरेका छौ । त्यसैले सकिन्छ भने एक दिनका लागि सम्पूर्ण फिल्ममेकरलाई पिकनिकमा सहभागी भईदिन आग्रह हुने छ हाम्रो ।' पिकनिक जमघट ललितपुर स्थित गोदावारी पार्कमा हुनेछ जसमा सहभागिताको लागि १ हजार रुपैया चार्ज तोकिएको छ । 
 
यस्तै नवलले आफ्नो पन्ध्र बुँदे चुनावी प्रतिबद्धता पत्र अन्र्तगतको ६ बुँदे मागलाई कार्यान्वयनको प्रक्रियामा अगाडी पनि सारेका छन् । उनले अहिलेको अवस्थाको फिल्म क्षेत्र सुधारकालागि सञ्चार मन्त्रालय, चलचित्र बिकास बोर्ड  देखि लिएर हरेक फिल्मसंग सम्बन्धीत संघसंस्थामा आफ्ना मागलाई कार्यान्वयनका लागि बुझाउने अन्तिम तयारी गरेका छन् । ६ बुदे माग यस्तो छ -
 
  • राज्यको पहुचमा चलचित्रकर्मीलाई पाँचौ अंगको रुपमा स्थापित गनुपर्ने । 
  • नेपालको राजदुतावास रहेको हरेक देशमा सास्कृतिक सहचार्य अनिवार्य नियूक्त गर्नुपर्ने
  • फिल्मक्षेत्रलाई साँस्कृतिक उद्योगको मान्यता दिनुपर्ने
  • सेन्सर अघि अनिवार्य रुपमा कलाकार संघको सिफारिसमा पारिश्रमिक चुक्ता सहमति पत्र हुनुपर्ने । 
  • चलचित्र प्राज्ञ प्रतिष्ठानको स्थापनामा जोड र बसुन्धरामा सरकाले चलचित्र कलाकार संघलाई दिएको सट्टा भरनाको ब्यवस्था जति सक्दो छिटो हुनुपर्ने ।