
कलंकी हलका म्यानेजर मदन शाक्यले फिल्मसँग सम्बन्धित संघसंस्थाले आफूलाई दु:ख पर्दा पनि वास्ता नगरेकोमा आक्रोश व्यक्त गरेका छन् । आफूलाई समस्या परेको बेलामा फिल्मसँग सम्बन्धित संघसंस्थाले वेवास्ता गरेको प्रति उनले आक्रोश पोखेका हुन् ।
गत शुक्रबार एक शो पश्चात रिलिज हुन नपाएको फिल्म 'एटिएम' को झमेलामा फसेका शाक्यले निकै दु:ख पाएको बताए । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, 'फिल्म त सबै हलमा लागेको थियो तर प्रहरीले मलाई मात्र दु:ख दिईरहेको छ ।' सिडियो कार्यालयले हरेक दिन जसो बोलाईरहने र सोधपुछ गरिरहने उनले बताए । यस्तै उनले फिल्मका निर्देशक तथा निर्मातालाई प्रहरीले खोजिरहेको र आफूलाई नचाहिने दु:ख दिईरहेको बताए ।
यसरी प्रहरीको रहोबरमा रहँदा संघसंस्थाले वास्ता नगरेको भ्नदै अब देखि फिल्म आफ्नै तरिकाले चलाउने उनले फेसबुक स्टाटसमा लेखेका थिए । बुधबारसाँझ लेखिएको उक्त स्टाटस अहिले भने डिलिट भईसकेको छ । फिल्म एटिएमलाई सञ्चार मन्त्रायलले सेन्सर गरेका सिन र संवाद नकाटि देखाएको भन्दै प्रदर्शनमा रोक लगाएको थियो । अहिले फिल्म निर्माण युनिट सम्पर्क बाहिर छ ।