
मंसिर ७ देखि ११ सम्म लमजुङको घलेगाँउमा भएको चलचित्र निर्देशक समाजको राष्ट्रिय वर्कसपमा करिब ८० जनाको सहभागिता रहेको थियो । त्यस मध्ये केही फिल्मर्की आन्तरिक कारण जनाउदै वर्कसप चलिरहदा काठमाण्डू पनि फर्किनु पर्यो ।
विकट पहाडी भेग भएर सुन्दर घलेगाँउ पुग्दा हरेक फिल्मकर्मी हर्षित बनेका थिए । विगतका वर्कसप भन्दा यसपटकको वर्कसप कत्तिको फलदायी भयो त्यस बिषयमा निर्देशक समाजले कार्यक्रमको समिक्षा अबश्य सार्वजनिक गर्ला यध्यपी सो स्थानमा गएर फिल्मी माहोल मात्र बनाउन आफैमा चुनौती रहेको भन्दै अधिकांश सहभागी फिल्मकर्मीले वर्कसप सफल भएको ठान्नु पर्ने तर्क गरेका छन् । वर्कसपलाई राजेश गंगजु र विश्वभक्त दुलाल (आहुति) ले सञ्चालन गरेका थिए ।
के के भयो वर्कसपमा ?
वर्कसपमा सात विभिन्न समूह निर्माण गरी स्थानिय बिषय बस्तुमा आधारित छोटा फिल्महरु निर्माण भए भने फिल्म निर्माणको साधारण फर्मुलालाई उपस्थित सहभागीहरुले जान्ने मौका पनि पाए । यस्तै पहिचान शिर्षकमा आहुतिको कक्षाबाट नेपाल ईतिहासको तर्कसंग बर्गिकरण बारे सहभागीहरुले ज्ञान लिएका थिए । त्यसका अलवा घले संस्कृतिको बारेमा समेत उपस्थित फिल्मकर्मीले पर्याप्त जानकारी लिने मौका पाए । प्रकृतिक सौन्दर्यले समेत धनी लमजुङ घलेगाँउ एउटा खुला स्टूडियोको अर्को नमुना रहेको यो वर्कसपमा सहभागीहरुले प्रतिक्रिया पनि दिए ।
More Photos Click Here : Ghale Gaun