मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजको वर्कसप सम्पन्न/ मन्सरी उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2012/11/27

मंसिर ७ देखि लमजुङको घले गाँउमा चलेको चलचित्र निर्देशक समाजको वर्कसप हिजो सोमबार साँझ सम्पन्न  भएको छ । घलेगाँउ भन्दा पच्चिस किलो मिटर वर बेसीशहरमा उद्घाटन गरी सुरु भएको पाँच दिने वर्कसपको समापन पनि बेसीशहरमा गरिएको हो ।


समापन कार्यक्रममा वर्कसपमा तयार गरिएका सात वटा छोटा फिल्म लमजुङका प्रमुख जिल्ला अधिकारी सहित उच्च निकायका अधिकारीहरु माँझ प्रदर्शन गरी उत्कृष्ट एक पनि घोषणा  गरियो । उत्कृष्ट हुनेमा स्थानिय अपाङ्ग दाजु बहिनी जसले पाँच बर्षदेखि नजिकै भएर समेत भेट्ने मौका पाएका थिएनन् उनीहरुको कथामा बनेको ६ मिनेटको मन्सरी फिल्म परेको छ । सो फिल्म निर्माण गरेको टोलीलाई निर्देशक समाजले दश हजार पुरस्कार दिने घोषणा गरेको छ । तर पुरस्कार भने आउदो १५ दिन भित्र काठमाण्डौमा भब्य कार्यक्रम गरी वितरण गरिने कार्यक्रममा जानकारी गराईयो ।



ऐतिहासिक जिल्ला एवं होम स्टेको रुपमा एसियाकै नमुना गाँउको रुपमा परिचित घलेगाँउमा आएर यस किसिमको कार्यक्रम गरेकोमा प्रजिअ बाबुराम भण्डारीले आफ्नो तर्फबाट वर्कसप पूर्ण सफल भएको ठहर गरेका छन् । यस्तै निर्देशक समाजका अध्यक्ष विमल पौडेलले संस्थाको उद्देश्यसंग वर्कसपको नतिजा मेल खाएको भन्दै बार्षिक कार्यक्रम अन्र्तगत तेस्रो अन्र्तराष्ट्रिय वर्कसपको घोषणा समेत उक्त कार्यक्रमा गर्न भ्याए  । उनले भने, 'हाम्रो उद्देश्यसंग यो वर्कसपको नतिजा मेल खाएकाले यो उत्साहमा तेस्रो अन्र्तराष्ट्रिय वर्कसप दाङ जिल्लामा हुने घोषणा गर्दछु ।'

वर्कसप समापनको अघिल्लो दिन घलेगाँउ बासीले एक साँस्कृतिक कार्यक्रम गरी आफ्नो पूरानो संस्कृति अन्र्तगतको कृष्ण चरित्र भजन एवं घाटो नाच देखाएका थिए ।