
कर्णाली जिल्लाको सेरोफेरोमा आधारित रहेर निर्देशक उद्धब अबिदितले 'खुर्पा' नामक फिल्म बनाउने भएका छन् । सोमबार राजधानीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फिल्मको मुहुर्त गरे ।
लगनखेल स्थित साझा पार्टी प्यालेसमा केहि फिल्मकर्मी र सञ्चारकर्मी माझ फिल्मको मुहुर्त गरिएको हो । मुहुर्त गरे पश्चात नेता खनालले फिल्म निर्माण टिमलाई सफलताको लागि शुभकामना दिए । महेश गिरीले निर्माण गर्न लागेको यो फिल्मको सुटिङ मंगलबारबाट शुरू गर्ने बताईएको छ ।
निर्देशक अविदितले नै तयार पारेको फिल्मको कथामा जेनिशा के।सी, निस्तेज निरौला, श्रीयानी संग्रौला, विष्णुभक्त फुयाँल लगायतको अभिनय रहने मुहुर्तमा जानकारी दिईयो । फिल्ममा राजु विक्रम थापाको छायाँकन, सुरेश अधिकारीको संगीत, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन तथा कविराज गहतराजको नृत्य निर्देशन रहने छ ।