मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई बर्षयता दिनहुँ मोबाईलमा व्यस्त दाहाल

फिल्मीखबर, काठमाण्डौ, 2012/11/26

निर्देशक रामराजा दाहालले दुई वर्ष यता आफ्नो मोबाईलमा विभिन्न खाले फोन कलहरु दिनहुँ उठाईरहेका हुन्छन् । दुई वर्षको बिचमा उनलाई नेपालका विभिन्न ठाउँका मानिसहरुले कैयन पटक फोन गरिसकेका छन् । 'दुई वर्षमा मैले लगभग सात हजार भन्दा बढि नयाँ नम्बरको फोन कल उठाईसकेको छु', निर्देशक दाहालले भने ।



निर्देशक दाहाललाई किन यति धेरै फोन कलहरु आउने गरेको होला ? तपाईहरुलाई कौतुहलता हुन सक्छ । हामीले उनै निर्देशक दाहाललाई पनि यो प्रश्न तेर्साएका थियौँ । 'मलाई मेरो फिल्मको कारणले गर्दा यति धेरै फोन आएको हो', उनले भने–'दुई वर्ष सम्म कुनै दिन पनि त्यस्तो छैन जुन दिन मलाई यस्ता खालको फोन नआएको होस् ।' दाहाललाई यसरी दैनिक फोन उठाउन बाध्य पार्ने फिल्म दुई वर्ष अगाडी प्रदर्शनमा आईसकेको फिल्म 'बसमा छैन यो मन' हो ।

 

'फिल्मको एउटा दृश्यमा त्यहाँको पात्रले अर्को पात्रलाई फोन नम्बर दिनुपर्ने थियो र त्यो सिनमा मैले आफ्नै नम्बर राखेको थिएँ', दाहालले भने–'त्यहि फिल्म हेर्ने दर्शकहरुले मलाई दैनिक रुपमा यसरी फोन गर्ने गरेका हुन् ।' अहिले बजारमा डिभिडीमा समेत आईसकेको फिल्म बसमा छैन यो मनले त्यसताका राम्रै व्यापार समेत गरेको थियो । 'डिभिडीमा सबैको घर घरमा पुगेपछि त झन् अहिले फोन कलहरुले अझै व्यापकता पाईरहेको छ', रामराजाले सुनाए ।


फोन कल गर्ने प्राय जसो दर्शकहरुले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । यसरी दैनिक फोन उठाईरहँदा पनि आफुलाई दिक्क भने नलागेको दाहालले बताए । 'मैले दुई वर्ष सम्म दैनिक रुपमा मेरा फिल्महरुको बारेमा पाएका राम्रा नराम्रा प्रतिक्रियाहरुले मलाई अझै आगामी दिनमा गर्ने फिल्महरुको लागी जिम्मेबार बनाएको छ', दाहालले भने–'हाल फ्लोरमा रहेको फिल्म भाईरसमा पनि ति सबै प्रतिक्रियाहरुको उपयोग गर्दै मेरा अगाडीका फिल्महरु भन्दा अझै राम्रो काम गर्ने कोशिश गरेको छु ।'



कार्तिक २२ गतेदेखि फ्लोरमा गएको फिल्म भाईरसको सत्तरी प्रतिशत काम पुरा भैसकेको पनि उनले जानकारी दिए । फिल्मको नाम भने चेञ्ज हुन सक्ने बताउँदै उनले एक हप्ता भित्र फिल्मको शुटिङ प्याकअप गर्ने गरि काम भैरहेको बताए । भाईरसमा आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी, विल्शन विक्रम राई, सोना तिमिल्सिना लगाएतका कलाकारहरुको अभिनय रहेको छ । भाईरसलाई अपवाद सिनेम्याटोग्राफर सुशन प्रजापतिले खिचेका छन् ।