मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

१४ बर्षको संघर्ष पछि अनमोल निर्देशक बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/11/26

१४ बर्ष अगाडी जुन जोश लिएर फिल्म उधोगमा छिरेका थिए अहिले पनि उत्तिकै जोश र जाँगर अनमोल शर्मासँग छ । रेडियो नाटकबाट आफ्नो कला यात्रा शुरू गरेका अनमोलले ०५६ सालमा स्वर्गिय दीपक रायमाझीको निर्देशनमा बनेको फिल्म 'परेली' मा क्ल्याप ठोकेर फिल्मी यात्रा तय गरे । यो १४ बर्षको संघर्षमय यात्रामा दर्जनौं फिल्ममा सहायक निर्देशक तथा मुख्य सहायक निर्देशक भई काम गर्ने अवसर पाए । उनले आफूले पाएको अवसरलाई यसरी आत्मसाथ गर्दै लगे कि आज पनि उनी सबैको नजरमा उत्तिकै असल, मिलनशार र लगनशिल देखिएका छन् ।
 

तिर्थ थापाले निर्देशन गरेको फिल्म अञ्जुलीमा पहिलो पटक सहायक निर्देशकको जिम्मेवारी पाएका अनमोलले वादलपारी, मनको टुक्रा, जीन्दगानी, सिउँदोको सिंदूर, पंक्षी, वर पिपल, संजिवनी लगायतका फिल्ममा सहायक निर्देशक भई काम गरे । यस्तै उनले पाकिस्तानी फिल्म 'जानलेवा' मा पनि सहायक निर्देशक भई काम गरेको अनुभव सुनाए । ०६० सालमा राजेन्द्र शलभसँग भन्नै सकिन नामक फिल्ममा सहायक भएर काम गरेका अनमोल पाँच बर्ष सम्म नै राजेन्द्रकै सहायक भई काम गरे । त्यो बेला फिल्म, विज्ञापन, म्युजिक भिडियो, टिभी विज्ञापन जस्ता काममा राजेन्द्रलाई सहयोग गरेको उनले बताए ।

 

राजेन्द्रको संगतले थुप्रै काम सिक्ने मौका पाएका यि ३२ बर्षे ठिटो अनमोलले दुई बर्ष जति नेपाल वान टेलिभिजनमा कार्यक्रम निर्माताको अनुभव बटुले । त्यसपश्चात ०६५ साल देखि संविधान सभामा भिडियो इन्चार्ज भएर काम गर्ने मौका पाए उनले । 'फिल्म त मेरो प्यासन नै हो तर संविधान सभामा कार्यरत हुँदा बेग्लै अनुभव लिने मौका पाएँ', हँसिलो मुद्रामा अनमोलले भने, 'देश चल्ने पद्दती बुझ्न देखि लिएर राजनेतासँग नजिक हुने यो मेरो सुनौलो अवसर थियो ।' राजनेताहरूले आफ्नो अनुहार भिडियोमा देखाई दिन आग्रह गरेको स्मरण गर्दै अनमोलले भने, 'माननियहरूले आफ्नो अनुहार देखियोस् बह्ने निकै पापड पेल्थे । यिनै कुराले पनि सम्बन्धलाई नजिक बनाउन सहयोग गर्‍यो ।'

 

 

सह-निर्देशक भई काम गरेको फिल्म 'पदमिनी' को पोस्ट-प्रोडक्सनको काममा व्यस्त रहेका बेला केहि फुर्सद निकालेर फिल्मीखबरसँग गफिदै अनमोलले यो १४ बर्षको यात्रामा उज्ज्वल घिमिरे, प्रदिप श्रेष्ठ र राजेन्द्र शलभलाई आदर्शको रूपमा लिएको बताए । उनले भने, 'उहाँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु त्यसैले उहाँहरूलाई म कहिल्लै बिर्सन सक्दिन ।' यि व्यक्तिलाई उनले आदर्शकको रूपमा लिए पनि निर्देशकमा सबैभन्दा माथी उगेन छोपेललाई उनले राखेका छन् । उनी भन्छन्, 'उगेन सरको जस्तो निर्देशकिय क्षमता मैले अरूमा पाएको छैन ।'

 

२० बर्षको उमेरमा महानायक राजेश हमाललाई मनको टुक्रा फिल्ममा एक्सन कट भन्ने मौका पाएको कुरालाई स्मरण गर्दै नीर शाह र करिष्मा मानन्धरसँग काम गर्न निकै सहज महसुस गरेको अनमोलले बताए । यस्तै उनले रञ्जित गजमेरको संगीतमा अलौकिक जादु रहेको बताए । उनी भन्छन्, 'कुनै दिन म निर्माता भएँ भने रञ्जित सरसँग काम गर्ने प्रयास गर्नेछु ।' सुमन दाहालले निर्देशन गर्ने फिल्म 'नो स्मोकिङ' मा मुख्य सहायक निर्देशक भई काम गर्ने तयारी गरेका अनमोलले अर्को एक अनटाईटल प्रोजेक्टमा मुख्य सहायक निर्देशकको साथमा पटकथा र संवाद समेत लेख्दै छन् । पदमिनीको पटकथा र संवाद पनि उनैले लेखेका हुन् ।

 

 

उल्लेखित दुई प्रोजेक्ट सके लग्गतै अनमोल द्धन्दनिर्देशक  योगेन्द्र श्रेष्ठले निर्माण गर्न लागेको फिल्मबाट निर्देशकमा डेब्यू गर्दैछन् । माघको अन्त्य तिर शुरू हुने सो फिल्ममा नयाँ अनुहारलाई लिएर अनमोलले फिल्म निर्देशन गर्नेछन् । यस्तै पदमिनीका निर्माता छिरिङ दोर्जे लामाले पनि उनलाई नै लिएर अर्को फिल्म बनाउने बताएका छन् । छिरिङले निर्माण गर्ने फिल्मको सुटिङ चैत्र महिना तिर हुने बताईएको छ