मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाहीमा लंकाको फ्यामली शो

प्रदिप कार्की, सर्लाही, 2012/11/25

श्याम भट्टराई निर्देशित फिल्म लंकाले पछिल्लो समयमा नेपाल अधिराज्यका बिभिन्न स्थानको साथमा सर्लाहीमा पनि राम्रो ब्यापार गरेको छ । मंसिर १ बाट सर्लाहीमा प्रर्दशनमा आएको यस फिल्मको छायाँकन सर्लाहीमा भएको कारणले पनि यसको ब्यापारले सर्लाहीको बजार तताएको छ ।

 

अन्य फिल्मले हल खर्च समेत उठाउन मुसकिल परेको समयमा लंकाले आजका दिन सम्म बिणा चलचित्र मन्दिर लालबन्दी र जीवन दिप चलचित्र मन्दिर बरहथवा गरी १० लाख ग्रस कलेक्सन गरेको छ । प्रर्दशन भएको एक हप्ता पछि लंकाका निर्माता एव निर्देशक श्याम भट्टराईले आज बिणा चलचित्र मन्दिर लालवन्दीमा विहान ९ वजे फ्यामली शो गरेका छन् । फ्यामली शोमा सर्लाहीका राजनितीज्ञ, समाजसेवी, नागरीक अगुवा, पत्रकारको साथमा फिल्मका कलाकार तथा प्राबिधिकको उपस्थिती रहेको थियो ।

 

फ्यामली शो हेरेका दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले औषत भने त कसैले राम्रो फिल्म रहेको प्रतिकृया दिए तर सम्पूर्ण दर्शकले फिल्मको छायाँकन सर्लाहीमा गरी यस जिल्लाको प्रचार प्रसार बिश्वमा गरेकोमा सर्लाहीका ठिटो निर्देशक भट्टराईलाई धन्यवाद दिए । भट्टराईले आफु सर्लाहीका दर्शकसंग बसेर फिल्म हेरेको र दर्शकको प्रतिकृयाले आफु थप हौसिएको वताए । सथै आफुले निर्देशन गर्न लागेको आगामी चलचित्रको पनि छायाङकन सर्लाहीमै गने वताएका छन् । साथै उनले आगामी चैत्र या बैशाख महिनामा पुन: सर्लाहीम नै अर्को फिल्मको सुटिङ गर्ने बताए ।