मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्कशपमा ध्रुबचन्द्रको धोका

अनुप भट्टराई, लमजुङ, 2012/11/24

लमजुङको घलेगाँउमा चलिरहेको वर्कशपका लागि श्रोतकर्ताको रुपमा चयन गरिएका बरिष्ठ साहित्यकार ध्रुबचन्द्र गौतमको उपस्थिती नहुने भएको छ । उनी शुक्रबार साँझ घलेगाँउ आउने तयारी थियो तर अन्तिम समयमा उनले आफ्नो उपस्थिती नहुने जनाएपछि निर्देशक समाजको वर्कसपमा उतारचढाव आएको हो ।

 

सम्पूर्ण तयारी पूरा भईसके पश्चात गौतमले वर्कसपमा आफु अनुपस्थित हुने जनाएपछि निर्देशक समाजले गौतमलाई बोलीको पक्का नभएका ब्यक्ति भनी टिप्पणी गरेको छ ।  यो बिषयमा सचिव एमएस अग्रजले भने, 'उहाँबाट हामीले धेरै आशा राखेका थियौं तर नआउँदा हामी सवैमा भएको एउटा ठूलो उमङ्ग निराशामा परिणत भएको छ ।' वर्कशपको दोस्रो दिन समाशशास्त्री विश्वभक्त दुलाल (आहुती) ले तीन घण्टा उपस्थित फिल्मकर्मीलाई पहिचान शिर्षकमा नेपाली समाजको अवस्थालाई फिल्मसंग जोडेर प्रशिक्षण दिएका थिए  ।

 

यस्तै यता ध्रुबचन्द्र अनुपस्थितीका कारण तेस्रो दिनको वर्कशपको प्रशिक्षण राजेश गंगजुले सुरु गरे । गंगजुले वर्कशपको छोटा फिल्महरुको प्रदर्शनसंगै आफ्नो प्रशिक्षण दिएका छन् । ११ गते सम्म चल्ने यो वर्कशपलाई भब्य बनाउन शनिबार साँझ डाईमण्डशम्शेरको उपन्यास माथि नीर शाहले निर्देशन गरेको बसन्ती फिल्म स्थानिय गाँउलेलाई देखाईने कार्यक्रम तय गरिएको छ ।