
प्रोमो रिलिज गरे लगत्तै चर्चामा आएको फिल्म 'धन्दा' अहिलेको प्रतिक्षित फिल्मको लिस्टमा पर्दछ । सोसल साईटमा मात्र हैन सर्वत्र चर्चामा रहेको यहि फिल्मको दुई अडियो गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।
सार्वजनिक दुई गीत मध्ये टाईलट गीतलाई सुगम पोखरेलले स्वर तथा संगीत दिएका छन् भने शब्द गणेश शाहले लेखेका हुन् । यस्तै सुनौलो बिहानी बोलको गीतमा हेमन्त रानाको स्वर तथा ब्याण्ड अफ जेनेरेशनको संगीत र राजन मगरको शब्द रहेको छ ।
पौष १३ गते देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको यो सामाजिक कथामा आधारित फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । मेरो एउटा साथी छ, के यो माया हो र मेरो लभ स्टोरी जस्ता लभस्टोरी फिल्म निर्देशन गरेका थापाले धन्दालाई केहि फरक तरिकाले प्रस्तुत गरेको बुझ्न सकिन्छ । त्यसैले पनि उनले यो फिल्मलाई आफ्नो करिअरको टर्निङ प्वाईण्टको रूपमा लिएका छन् ।
फ्राईडे फिल्म्सको व्यानरमा निर्देशक थापा र बाबुराम दाहालले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा अर्पण थापा मुख्य भुमिकामा छन् । अर्पणको साथमा फिल्ममा समुना केसी, सुभेच्छा थापा, पुष्कर गुरूङ, दिलभुषण पाठक लगायतले अभिनय गरेका छन् । फिल्मको अहिले अर्न्तराष्ट्रिय बजारमा डिमाण्ड बढ्दै गएको निर्माण युनिटले जनाएको छ ।
Click Here for Audio : http://www.filmykhabar.com/audio/?sort=ra&search=dhanda