मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.75/5.00)
Text size:-
+
-

ब्रेकिङ : एटिएमलाई रोक लगाउन सञ्चार मन्त्रायलको आदेश

फिल्मीखबर, काठमाण्डौ, 2012/11/23

दृश्य र संवादका कारण निर्माण ताका देखि नै बिबादमा फसेको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले प्रदर्शनमा रोक लगाउन आदेश दिएको छ । आज शुक्रबारबाट देशभरका अधिकांश हलमा रिलिज भएको सो फिल्मको निर्माण युनिटले सेन्सर लागेको दृश्य र संवाद नहटाई चलाएका कारण सञ्चार मन्त्रालयले प्रदर्शनमा रोक लगाउन गृह मन्त्रालयलाई आदेश दिएको हो ।

 

फिल्ममा केहि आपत्ति जनक दृश्य र संवादलाई सेन्सर बोर्डले हटाउन लगाई एडल्ट सर्टिफिकेटका साथ प्रदर्शनको अनुमती दिएको थियो तर निर्माण युनिटले कानुनलाई नै च्यालेञ्ज गर्दै कुनै पनि दृश्य र संवाद नहटाई आजबाट हलमा सार्वजनिक प्रदर्शन गरेको हो । सेन्सर बोर्डका सदस्य अनुगमनमा जाँदा सेन्सर लागेका दृश्य र संवाद नहाटाई रिलिज गरेको थाहा हुन गएको हो ।

 

फिल्मको सिन किन हटाईएन भन्ने प्रश्न निर्माता दिनेश थापालाई गर्दा उनले दुई वटा सिन छुट्न गएको तर्क गर्दै पन्छिन खोजे । उनले प्राबिधिक गल्ती स्विकारे पनि जानी जानी यस्तो गरेको हुनसक्ने अनुमान लगाईएको छ । प्रहरी प्रशाशनले अहिले हल सञ्चालकलाई फिल्म प्रदर्शनमा रोक लगाउन आदेश दिए पनि हल सञ्चालकहरू भने औपचारिक पत्र नआएसम्म फिल्म रोक्न नसक्ने भन्दै फिल्मलाई चलाई रहेका छन् ।