मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नगरकोटमा सुपारी

फिल्मीखबर, काठमाण्डौ, 2012/11/23

सुपारी लेनदेनलाई सामान्यतया हामी कुनै शुभ अवसरका लागि निम्ता दिएको र लिएको भन्ने बुझ्छौं । तर अहिले नगरकोटमा सुपारीलाई मारकटका लागि प्रयोग गरिएको छ ।

 

बिहिबारबाट सुटिङ शुरू भएको फिल्म 'सुपारी' एउटा रिभेन्ज एक्सन फिल्म हो जहाँ मुख्य हतियार सुपारीलाई बनाईएको छ । शिब घिमिरेको निर्देशनमा बन्न लागेको सो फिल्ममा गजित बिष्ट र झरना थापा मुख्य भुमिकामा रहनेछन् । आज भने करियोग्राफर कविराज गहतराजले नयाँ कलाकार सपना केसी, शरण डंगोल र विकेश शाहीलाई नगरकोटमा नचाई रहेका छन् ।

 

निर्देशक घिमिरेअकै कथामा बन्न लागेको सो फिल्मलाई हेराकुमारी शाहीले निर्माण गर्दैछिन् । राजेन्द्र श्रेष्ठ र सूर्य किरणको संगीत रहेको सो फिल्मलाई महेन्द्र थापाले खिचिरहेका छन् । फिल्मको सुटिङ काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक र चितवनमा गरिने भएको छ ।