
पाँच दिने वर्कसपका लागि ऐतिहासिक जिल्ला लमजुङको घलेगाँउ आईपुगेका निर्देशकहरुलाई स्थानिय गाउँलेले भब्य स्वागत गरेका छन् । चलचित्र निर्देशक समाजको आयोजनामा आज देखि सुरु भएको उक्त वर्कसपलाई पर्यटनसंग जोडिएको छ ।
होम स्टेको रुपमा निकै परिचित घलेगाँउमा फिल्मकर्मी आएपछि स्थानिय संयुक्त महिला आमा समुहले सेतो चामलको अक्षता एवं सयपत्रीको मालाद्धारा उपस्थित सम्पूर्ण फिल्र्मीलाई स्वागत गरेका थिए । यस्तै बाबा समूहका गर्लामाई (ग्रुप पार्टनर) दिग्गजहरुले यालेमी (स्वागत नाचगान) गरेर फिल्मकर्मीलाई हर्षित बनाएका थिए । गर्लामाई कल्चर अन्र्तगत गाँउ मुखियाले गीत गाउने गर्दछन् भने उनका साथीभाईले नाचेर वातावरण रमाईलो बनाउने गर्दछन् ।
मंसिर ११ गते सम्म चल्ने यो वर्कसपका लागि श्रोत ब्यक्तिका रुपमा बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, राजेश गंगजु, विश्वभक्त दुलाल (आहुती) र साहित्यकार डा. ध्रुबचन्द्र गौतम चयन भएका छन् । वर्कसपमा अधिकाश नयाँ फिल्मकर्मीको उपस्थिती रहेको छ । महिला तर्फ भने तीन जनाको मात्र उपस्थिती छ । वर्कसपमा बरिष्ठ निर्देशक राजेन्द्र शलभको उपस्थिती भईदिदा कार्यक्रमको शोभा निकै बढेको उपस्थित फिल्मकर्मीको भनाई छ ।