मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यामेराम्यान सुशनको बाईक चोरी

फिल्मीखबर, काठमाण्डौ, 2012/11/22

भाईरस नामक फिल्मको सुटिङमा व्यस्त रहेका क्यामेराम्यान सुशन प्रजापतीको बाईक चोरी भएको छ । बुधबार बिहान करिब ७ बजे तिर बानेश्वरबाट १८० सिसीको रातो रङको बा ३९ प ५५२७ नम्बरको पल्सर चोरी भएको सुशनले बताए ।

 

'बाहिर बाटोमा पार्किङ गरेर राखेको थिएँ चोरी भयो', सुशनले भने, 'प्रहरीमा रिपोर्ट त गरेको छु तर भेटिन्छ भन्ने आश छैन ।' दुई बर्ष अगाडी उक्त बाईक किनेको बताउँदै सुशनले खासै चिन्ता भने व्यक्त गरेनन् । उनले भने, 'चोर्ने ले चोरी सक्यो अब मैले चिन्ता मानेर के गर्नु ?' तै पनि भेटिन्छ भन्ने केहि आश मनमा रहेको उनी बताउँछन् । 'दुई चार दिन हेर्छु भेटिन भने सस्तो नयाँ बाईक किन्छु', अपवाद फिल्मका निर्माता रहेका सुशनले भने ।