
फिल्म नचलिरहेको अवस्थामा रेखा थापा अभिनित लंकाले फिल्मकर्मीलाई केहि आश जगाएको छ । निरन्तर फिल्महरू फ्ल्प भईरहँदा लंकाले एक्कासी दर्शक बटुलेपछि अबको समयमा फिल्म चल्ने संकेत फिल्मकर्मीले देखेका छन् ।
यहि फिल्म चल्छ कि भन्ने लिस्टमा मंसिर १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म मेरो जीवन साथी पनि परेको छ । प्रस्तुतीका हिसाबले फिल्म के-कस्तो बनेको छ त्यो रिलिज पछि नै थाहा हुनेछ तर यसका गीतसंगीत, प्रोमो तथा स्टार कास्टले दर्शकलाई साथी बनाउने अनुमान लगाउन थालिएको छ । बिशुद्ध प्रेमकथानक यो फिल्ममा युवापुस्ताको प्रेमलाई दर्शाउन खोजिएको निर्माण युनिटको भनाई छ । त्यसैले पनि युवापुस्ताका दर्शकलाई फिल्मले तान्ने युनिटको बिश्वास छ ।
राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्कीको साथमा रागिनी खड्गी र शिबन अधिकारीको समेत अभिनय रहेको यो फिल्मलाई युवानिर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने निर्माण सूर्य कार्कीले गरेका हुन् ।