मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घलेगाँउको वर्कसप बेसीशहरमा उद्घाटन

अनुप भट्टराई, लमजुङ, 2012/11/22

आज बिहिबार देखि लमजुङको घले गाँउमा सुरु हुने चलचित्र निर्देशक समाजको तेश्रो राष्ट्रिय चलचित्र वर्कशपको औपचारिक उद्घाटन हिजो बुधबार लमजुङ स्थित बेसीशहरमा गरिएको छ । निर्देशक समाजको सहयोगमा लमजुङ जेसिजले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले वर्कशप उद्घाटन गरेका हुन् ।

 

मंसिर ७ देखि ११ सम्म ऐतिहासिक स्थिल लमजुङको घलेगाँउमा करिब १०० फिल्मकर्मीहरुले फिल्मको ब्याकरण सिक्नेछन् । बेसीशहरबाट घलेगाँउ करिब ३० किलो मिटर पर पर्दछ । घले गाँउ समुन्द्र सतह देखि २१ सय मिटरको उचाईमा छ । जहाँ हाईअल्टिच्यूड (लेक) लाग्ने सम्भावना पनि छ । अक्सिनको पर्याप्त मात्रा नहुने अवस्थामा आउने स्वाशप्रश्वास समस्यालाई लेक लाग्नु भनिन्छ ।

 


वर्कशप उद्घाटन सत्रमा निर्देशक दिनेश डिसी, डा. घनश्याम खतिवडा, गायक दीपक लिम्बु, हिरो गजित विष्ट, हाँस्यकलाकार उमेश मायालु, सुरेश असिम सहित नयाँ हिरोईन सफलता खनालले बेसीशहर बासीलाई विभिन्न मनोरञ्जन प्रदान गरेका थिए  । वर्कशप उद्घाटन सत्रमा स्थानिय फिल्मकर्मी तीर्थ थापालाई ताम्रपत्रद्धारा सम्मान पनि गरिएको थियो ।

 

'अबको पर्यटन विकास विदेशी पर्यटकद्धारा मात्र हैन स्वदेशी पर्यटकको उपस्थितीले नै गर्दछ तसर्थ कला र कलाकारहरुको सहयोगमा हामी पर्यटन विकास गर्न चाहने भएकाले यो वर्कसपमा पनि हाम्रो सहभागिता भएको हो', प्रजिअ भण्डारीले उद्घाटन सत्रमा भने । उद्घाटन सत्रमा उनी सहित घलेगाँउ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले सहित विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।