
सिन्धुली तथा रोल्पाका द्धन्द पिडित बालबालिकाको सहयोगार्थ एनआरएन इजरायलले गत शुक्रबार र शनिबार फिल्म थ्री लभर्सको बिशेष शोको आयोजना गरेको थियो । इजरायलमा बम बर्षा भईरहेका बेला पनि तेल अभिब र हाईफामा थ्री लभर्स हेर्न दर्शक निकै टाढाबाट आएको आयोजकले जानकारी दियो ।
प्रदर्शन पश्चात दर्शकले राम्रो फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । फिल्म शोका लागि इजरायल पुगेका नायक देबु श्रेष्ठले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । बिशेषगरी फिल्मको कथा, प्रस्तुती, संगीत र सिनेमाटोग्राफीलाई दर्शकले बढि रूचाएको तल प्रस्तुत दर्शक प्रतिक्रियाको भिडियोले देखाएको छ ।
प्रियंका कार्की, निरज बराल र देबु श्रेष्ठको मुख्य अभिनय रहेको यो फिल्मलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् । यो फिल्म नेपालमा मंसिर २२ गते देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।




