
मंसिर १ गतेबाट देशभरका करिब ७० हलमा रिलिज भएको फिल्म लंकाले दोस्रो साताको यात्रा तय गरेको छ । क्यू सिस्टमबाट रिलिज भएको लंकाले शुक्रबार र शनिबारको व्यापारले होल्डओभर बचाउन सफल भएपछि दोस्रो सातामा पनि लंका नै रिलिल हुने भएको हो । बाहिरी च्यानलबाट भने आगामी शुक्रबार एटिएम नामक फिल्म रिलिज हुनेछ ।
लंका दोस्रो सातामा पुगे पछि मंसिर ८ गते रिलिज हुने भनिएको फिल्म चन्द्रावती मंसिर १५ गतेका लागि सरेको छ । अब मंसिर १५ गते चन्द्रावती मेरो जीवन साथीसँग भिड्नु पर्ने हुन्छ । यस्तै मंसिर १५ गते क्यू सिस्टमबाट नै रिलिज हुने भनिएको फिल्म भूल भए माफ गर छनोट प्रक्रियाबाट मंसिर २२ रिलिज हुने फिल्म थ्री लभर्स पछि रिलिज हुनेछ । दुबै फिल्मका निर्देशक सुरेश दर्पण पोखरेल भएकाले यि दुई फिल्मको रिलिज सिस्टममा तालमेल मिलाईएको हो ।
हरेक साता दुई भन्दा बढि फिल्म रिलिज भईरहेको अवस्थामा यो मंसिर महिनामा भने एक सातामा दुई भन्दा बढि फिल्म रिलिज नहुने लक्षण देखिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पौष महिनामा भने फिल्महरूको भिडन्त हुने देखिएको छ । बिशेष गरि पौष १३ गते रिदम, दब्दबा, कलिउड र धन्दा रिलिज हुने हल्ला चरिरहेको छ भने पौष २७ गते पदमिनी, मनले मनलाई छुन्छ, धडकन भित्र, अध्याय लगायतका फिल्म रिलिज हुने भनिएको छ । हेरौं यो भिडन्तमा कुन-कुन फिल्म सहिद हुने हुन् ।