
'मन होस् त निलिमाको जस्तो', कष्ट्यूम स्टाईलिष्ट निलिमा शर्मा तर्फ ईङगीत गर्दे दार्जिलिङ बासीले सोमबार साँझ भन्दै थिए जति बेला नेपालबाट दार्जिलिङ आईपुगेकी निलिमाले करिब एक लाख बराबरको सहयोग सामग्री हस्तानतरण गरेकी थिईन् ।
के यो माया हो, मेरो लभस्टोरी, फेसबुक, किन किन, नाईन ओक्लक फिल्ममा कष्ट्यूम स्टाईलिशको रुपमा काम गरिसकेकी निलिमाले वितेका पलको सुटिङका लागि दार्जिलिङ आएको समयमा एक अनाथ आश्रमलाई लत्ताकपडा सहयोग गरेकी हुन् । जुन सहयोगबाट दार्जिलिङ बासी निकै हर्षित बनेका थिए । सोमबार साँझ भब्य जमघटका बीच वितेका पलको अडियो म्यूजिक लन्च समारोमा उनले करिब एक लाख बराबरको जाडोको लत्ताकपडा स्थानिय ईड्द विल्किन्स चिल्ड्रन ट्रष्टलाई हस्तानतरण गरेकी थिईन् ।
निलिमाले प्रदान गरेको उक्त सहयोग सामग्री गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनेष्ट्रेशन स्टेट चिफ विमल गुरुङकी पत्नी आशाले ग्रहण गरेकी थिईन् । दुई महिना अघि काठमाण्डू कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको निलिमाज स्टोरलाई नयाँ बानेश्वर बुद्धनगर स्थित आफ्नै भवन अल्फाविटा कम्प्लेक्समा सारेकी उनले वितेका पल सहित नेपालको पहिलो थ्रीडी फिल्म भिजिलान्तेमा पनि कष्ट्यूम डिजाईनरको अभिभारा सम्हालेकी छिन् ।