मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दार्जिलिङमा भब्य कार्यक्रमका बिच `वितेका पल` म्यूजिक लन्च

अनुप भट्टराई, दार्जिलिङ, 2012/11/20

सम्भवत यस किसिमको अडियो म्यूजिक लन्च नेपाली रजतपटमा पहिलो पटक हुनुपर्छ जुन म्यूजिक लन्च फिल्म सुटिङका लागि फ्लोरमा गएको एक हप्ता पश्चात भएको हो । सुरज सुब्बाको निर्देशनमा फ्लोरमा गएको वितेका पल फिल्म यूनिट तीन दिन देखि दार्जिलिङमा छ ।

 

भब्य कार्यक्रमका बीच सोमबार साँझ दार्जिलिङको सेन्टर बिग बजारमा यो फिल्मकोअडियो म्यूजिक लन्च गरिएको थियो जहाँ दार्जिलिङ र सिक्किमका विशिष्ट राजनीतिज्ञ, साहित्यकर्मी कलाकार तथा विभिन्न पेशा र संघसंगठनका प्रमुखहरुको उपस्थितीमा थियो ।  म्यूजिक लन्च समारोहमा दिईएको जानकारी अनुसार दार्जिलिङका एरियाका लागि लागि वितेका पल यूनिटले दश हजार सिडी बजारमा पनि ल्याएको छ ।

 

यस्तै नेपालका लागि भने रिलिजको छेकोमा अर्को कार्यक्रम गरी म्यूजिक लन्च गरिने प्रोडक्सन टिमले जानकारी दिएको छ । म्यूजिक लन्च भएकै दिन केकी अधिकारी, बाबु बोगटी तथा नयाँ हिरो अविनाश गुरुङले हस्ताक्षर गरेका करिब १ हजार थान सिडी पनि विक्रि भएको थियो । जुन विक्रिबाट आफू निकै हर्षित भएको प्रोड्यूसर राजेश घतानीले प्रतिक्रिया दिएकाछन्  ।


लभस्टोरी यो फिल्ममा टाईटल सहित सात वटा गित छन् जसमा बाबु बोगटी, डम्बर नेपाली र रोशन लामाको  म्यूजिक रहेको छ । म्यूजिक लन्चमा कामाण्डू देखि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले उपस्थिती जनाएका थिए ।  फिल्मको नियमित सुटिङ मंगलबार देखि सुरु हुदैछ । काठमाण्डूको पाँच प्रतिशत सुटिङ पश्चात बाँकी सुटिङका लागि यो यूनिट अबको ४० दिन सम्म दार्जिलिङमा रहने छ ।