मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली र भारतिय फिल्मकर्मीको दुरी घटाउन `चलचित्र प्रभाग`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/19

'एउटा अर्न्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुँदा भारतका केहि प्रख्यात फिल्मकर्मीलाई नेपाली फिल्मकर्मीको बारेमा सोध्दा एक जनाको पनि नाम लिन नसक्दा म निकै दु:खित भएँ', फिल्मकर्मी अनिल संग्रौलाले भने, 'अब हामीले यो दुरीलाई कम गर्नुपर्छ ।'

 

नेपाल र भारत बिचको सम्बन्धलाई सुमधुर बनाउन एक दशक अगाडी नै स्थापना गरिएको नेपाल-भारत मानव विकास एवं मैत्री संघ अर्न्तगतको चलचित्र प्रभाग गठन गर्न संयोजकको कार्यभार सम्हालेका संग्रौलाले सोमबार राजधानीमा केहि फिल्मकर्मीलाई जमघट गराए । सोही जमघटका विच उनले भारतिय फिल्मकर्मी र नेपाली फिल्मकर्मी बिच रहेको दुरीलाई कम गर्न 'चलचित्र प्रभाग' को गठन गर्न लागेको प्रस्ट्याए ।

 

पहिलो चरणको छलफल मार्फत सोमबार १३ सदस्यिय एक समन्वय समिती गठन गरिएको छ जसले चलचित्र प्रभाग गठन हुनु पूर्व हुने कार्यहरू गर्नेछ । अनिल संग्रौलाको संयोजकत्वमा गठित सो समितीमा फिल्मकर्मीहरू आकाश अधिकारी, योगेन्द्र श्रेष्ठ, सुनिल थापा, सन्तु तामाङ, रूपा राना, युगेश रायमाझी, गोपाल कायस्थ, गोबिन्द राई र कृष्ण ढुंगानाको साथमा सुमन गैरे र जेनिशा भट्टराई रहेका छन् ।

 

चलचित्र प्रभाग भए लग्गतै आगामी जनवरी २५ तारिखका दिन यसको भव्य उदघाटन गरिने भएको छ जसका लागी भारतका केहि प्रसिद्ध कलाकारको साथमा भारतिय राजदुत र केहि नेताहरूको सहभागित रहने संयोजक संग्रौलाले बताए । प्रभागले पहिलो चरण अर्न्तगत नेपाली फिल्मलाई भारतमा सहज तरिकाले प्रदर्शन गर्न र प्रदर्शनका लागि सेन्सरमा सहजता ल्याउन पहल गर्ने, भारतको चर्चित फिल्म इन्स्च्युट 'पुना इन्स्च्युट' मा हरेक बर्ष दुई नेपाली फिल्मकर्मीलाई स्कलरशिप दिन पहल गर्ने, नेपालमा भारतिय फिल्मकर्मीलाई ल्याए वर्कशपको माध्यमबाट प्रशिक्षण दिने वातावरणको सिर्जना गर्ने लगायतका उद्देश्य राखेको छ ।