
बिवाह पश्चात फिल्म अभिनयबाट टाढिएकी हिरोईन शनि रौनियार अहिले दार्जिलिङमा आफ्नो पारिवारिक जीवनलाई सुखमय तरिकाले अगाडी बढाईरहेकी छिन् । अकस्मत फिल्मीखबर सहित केही मिडिया प्रतिनिधि उनको होटलमा पुग्दा उनी अचम्म र हर्षित दुवै भईन् ।
दार्जिलिङको सवैभन्दा पूरानो होटल प्रधान जुन उनको परिवारको हो त्यहाँ उनले भब्य शैलीमा शनिज बुटिक समेत खोलेकी छिन् । चार वटा फिल्ममा अभिनय गरेकी शनि अहिले ११ बर्षको छोरा हुर्काएर बसिरहेकी छिन् । कक्षा पाँचको परीछा दिने तयारीमा रहेका बेला यो मंसिरको जाडोमा उनी छोरा रतुल रौनियार प्रधानलाई पढाउन ब्यस्त देखिन्थन् । छोरा सानै उमेर देखि तीक्ष्ण बुद्धीको रहेको उनले बताउन पछि परिनन् । 'पढाईमा अब्बल रतुल गिटार र पियानो निकै राम्ररी बजाउन सक्छन्', शनिले एक मात्र आफ्नो छोराको बयान गर्दे उसमा आफ्नो अभिनयको रगत पनि रहेको भन्दै स्कुलमा दुई पटक नाटक समेत प्रस्तुत गरिसकेको बताईन् ।
एक हुल सञ्चारकर्मीसंगको सामान्य भलाकुसारि पश्चात शनिले फिल्मी अभिनयमा सक्रियता नबढ्नुको रहस्य बारे खुलाईन् । मुख्यत बिबाह नै फिल्म क्षेत्रबाट टाढिनीको प्रमुख कारण रहेको उनले बताईन् । 'म फिल्म अभिनयबाट टाढिनुको प्रमुख कारण बिहे नै हो', शनिले भनिन्, 'परिवारलाई समय दिनु पर्यो त्यस माथि आफ्नो विजनेस भएपछि यो पेशाबाट आफै टाढिएछु ।'
एक समयकी चर्चित मोडल तथा भिजे समेत रहेकी शनिले प्रेमपीण्ड, सीता, सडक र दैब संजोगमा लिड रोल निभाएकी थिईन् । उनले पछिल्लो समय भुवन केसीको करोडपती फिल्मको एक गितमा केमियो रोलमा आफूलाई प्रस्तुत पनि गरेकी थिईन् त्यस पश्चात भने उनको फिल्मी करिअरको ढोका आज सम्म बन्द रहेको अवस्था छ । तर यो अवस्थालाई उनी बन्द भन्न रुचाउदिनन् । उनले भनिन्, 'म अब चार वटा गित र चार वटा फाईट भएको फिल्ममा खेल्दिन यदि मेरो अहिलेको अवस्थालाई मध्यनजर गरी कसैले मजबुत क्यारेक्टर तयार गर्नु भएको छ भने चाहिं म खेल्न तयार छु ।'
गएको नोभेम्बर ८ तारिखका दिन आफनो ४० औ जन्म दिन मनाएकी डिभा हिरोईन रौनियारले आफ्नो गडफादर यादव खरेल, नीर शाह, को–आर्टिष्ट सरोज खनाल, क्यामेरा पर्सन मञ्जु कुमार श्रेष्ठ, अशोक शर्मा, सुनिल थापा, कोरियोग्राफरद्धय बसन्त श्रेष्ठ र राजु शाह सहित तथा मोडल प्रशान्त ताम्रकारलाई कहिलै विर्सन नसक्ने बताएकी छिन् । उनले नीर शाहलाई अंकल सम्बोधन गर्दे आफ्नो हृदयको सर्वाधिक नजिक रहेको फिल्मकर्मी पनि भनेकी छिन् । तर यो नजिकको बिचमा निकै मिल्ने आफ्नी साथी शुशिला रायमाझीको निधनले भने आफूलाई स्तब्ध बनाएको शनिले बताईन् ।
नेपाली फिल्मका पछिल्ला गतिविधिबाट पूर्ण टाढिएकी शनिले कुनै समयका हितैषी मित्र भुषण दाहालको कागबेनी पश्चात रिलिज भएका कुनै पनि नेपाली फिल्म हेरेकी रहेनछिन् । यति सम्मका विश्वका ६६ मुलुकमा रहेका अधिकांश नेपालीले थाहा पाएको लुट जस्तो चर्चित फिल्मको बारेमा पनि उनी अपडेट हुन समेत उनलाई फुर्सद रहेनछ । आउने पौष तेस्रो साता एक महिनाको लागि काठमाण्डू आउने तयारीमा रहेकी उनले चर्चित फिल्महरुको डिभीडी सोही समयमा किनेर हेर्ने ईच्छा रहेको बताईन् । उनले भनिन्, 'घर, विजनेस र छोरो हेर्दा म त पूरै टाढिएछु त्यसैले राम्रा राम्रा फिल्मका डिभीडी कलेक्सन गरेर अवश्य हेर्नेछु ।' आफ्नो पूरै परिवार फिल्म मेकिङमा रहेकाले यो रिटायर लाईफको एक मोडमा फिल्म प्रोडक्सन गर्ने योजना समेत रहेको उनले खुलाएकी छिन् ।
यध्ययी तत्काल चाहि उनलाई म्यूजिक भिडियो खेल्ने रहर भने पलाएको उनले बताउन पछि परिनन् । उनले भनिन्, 'मैले खेल्छु कसरी भनौ अनि मलाई खोज्दै अहिलेको मेकरहरु पनि आउनु हुन्न त्यसैले अपडेट नहुँदा यस्ता ईच्छा भने पुरा हुन सकेका छैनन् ।' कामको ब्यस्तताले दार्जिलिङमा रहनु परे पनि उनले नेपालबाट पर रहेर बसेको जस्तो अनुभुति कहिलै नहुने बताएकी छिन् । त्यस माथि पनि कालजयी रहेको आफ्नो डेब्यू फिल्म प्रेम पिण्डको 'गैर्ही खेतको सिर्है हान्यो...' बोलको गितले अझै पनि आफूलाई परिचित गराउन सफल रहेकोमा उनी गर्वान्वित थिईन् ।