मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल सरकारद्धारा चलचित्र नियमावली संसोधन

फिल्मीखबर, काठमाण्डौ, 2012/11/18

नेपाल सरकारले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को केहि बुँदामा संसोधन गरेको छ । पाँचौ पटकको रूपमा २०६९ साल असोज ८ गते बुँदा नम्बर २८ को चलचित्र महोत्सव सम्बन्धी व्यवस्थामा संसोधन गरेको हो ।

 

संसोधन गरिएको बुँदामा यस्तो लेखिएको छ -

२८.   चलचित्र महोत्सव सम्बन्धी व्यवस्था
(१) चलचित्रको क्षेत्रमा विकास भएका नयाँ प्रविधि, श्रृजना, सीप र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुक बीच चलचित्रको माध्यमबाट साँस्कृतिक क्षेत्रको अनुभव आदान प्रदान गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्ररित गर्ने काम समेतको लागि व्यापारिक वा गैर व्यापारिक उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न सकिने छ ।
  (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुनाफा नलिने उद्देश्य लिई प्रचलित कानून बमोजिम स्थापना भएको संस्थाले मात्र गैर व्यापारिक चलचित्र महोत्सव आयोजना गर्न सक्नेछ ।  
  (३) उपनियम (१) बमोजिम चलचित्र महोत्सव आयोजना गर्न चाहने संस्थाले देहायका विवरण खुलाई चलचित्र महोत्सव आयोजना गर्नु भन्दा कम्तीमा एक महिना अगावै स्वीकृतिको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :-
(क) महोत्सव आयोजनाको उद्देश्य,
(ख) कुनै खास विधाका चलचित्र प्रदर्शन गरिने भए त्यस्तो विधा,
(ग) प्रदर्शन गरिने चलचित्रको कथासार,
(घ) महोत्सव आयोजना हुने ठाउँ र मिति,
(ङ) चलचित्र प्रदर्शन गरिने स्थान,
(च) महोत्सव आयोजना गर्न आवश्यक पर्ने आर्थिक स्रोत तथा अनुमानित खर्च,
(छ) व्यापारिक उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्ने भए महोत्सवमा लिइने टिकट दस्तुर र प्रवेश शुल्क,
(ज) महोत्सव आयोजना गर्ने व्यक्तिको  स्थायी लेखा नम्बर ।
 
  (४) उपनियम (३) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ :-

(क) महोत्सव आयोजना गर्ने संस्था भए संस्था दर्ताको प्रमाणपत्र र विधान तथा कम्पनी भए कम्पनी दर्ताको प्रमाणपत्र, कम्पनीको प्रबन्धपत्र र नियमावली,

(ख) महोत्सवमा प्रदर्शन गरिने चलचित्रको निर्माता वा निजद्वारा अधिकार प्राप्त व्यक्तिबाट सो चलचित्र प्रदर्शन गर्न दिइएको अनुमतिपत्र,
(ग) चलचित्र महोत्सव आयोजना गर्ने वा चलचित्र प्रदर्शन गर्ने स्थान प्रयोग गर्न सम्बन्धित व्यक्ति वा निकायले दिएको सहमति ।
 
 (५) उपनियम (३) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा बोर्डले निवेदकलाई चलचित्र महोत्सव गर्ने स्वीकृति दिनेछ ।
 (६) चलचित्र महोत्सव आयोजना गर्न स्वीकृति प्राप्त गर्ने संस्थाले देहाय बमोजिमको शर्तको पालना गर्नुपर्नेछ :-
(क) गैर व्यापारिक उद्देश्यले आयोजना हुने महोत्सवको हकमा चलचित्र जाँच गर्ने अधिकार नियम २८ ख. बमोजिम चलचित्र महोत्सव आयोजकलाई प्रत्यायोजन गरिएको भएमा त्यस्तो  आयोजक आफैले चलचित्र जाँच गरी सो चलचित्र ऐनको दफा ८ को उपदफा (३) विपरित नभई प्रदर्शन योग्य भएको कागज बोर्ड समक्ष पेश गरेपछि मात्र चलचित्र प्रदर्शन गर्नुपर्ने,
(ख) नियम २८ख. बमोजिम चलचित्र जाँच गर्न अधिकार प्राप्त नभएको अवस्थामा चलचित्र जाँच समितिबाट चलचित्र जाँच गराएर मात्र प्रदर्शन गर्नुपर्ने ,
(ग) गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा एउटा चलचित्र दुई पटक भन्दा बढी र व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा एउटा चलचित्र तीन पटक भन्दा बढी प्रदर्शन नगर्ने,
(घ) गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सव पाँच दिन र व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सव सात दिन भन्दा बढी गर्न नपाइने,
(ङ) एउटै आयोजकले एक भन्दा बढी शहरमा व्यापारिक उद्देश्यले चलचित्र महोत्सवको आयोजना गर्ने भएमा त्यस्तो महोत्सव सात दिनभन्दा बढी र एउटा शहरमा पाँच दिन भन्दा बढी गर्न नपाइने ।

(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले आवश्यक देखेमा गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा प्रदर्शनको निमित्त समावेश भएको चलचित्र जुनसुकै बखत आयोजकसँग माग गरी वा त्यस्तो  चलचित्र प्रदर्शन भएको स्थानमा गई त्यस्तो चलचित्रको अवलोकन वा चलचित्र प्रदर्शन स्थलको निरीक्षण गर्न
सक्नेछ ।
  (८) उपनियम (७) बमोजिम अवलोकन वा निरीक्षण गर्दा चलचित्र महोत्सव आयोजकलाई कुनै निर्देशन दिनु पर्ने देखिएमा बोर्डले त्यस्तो आयोजकलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
  (९) उपनियम (७) बमोजिम अवलोकन गर्दा कुनै चलचित्र वा त्यसको कुनै भाग प्रदर्शन योग्य नभएको पाईएमा बोर्डले सो चलचित्र प्रदर्शन गर्न रोक लगाउन वा प्रदर्शन योग्य नभएको भाग हटाएर मात्र प्रदर्शन गर्न सम्बन्धित आयोजकलाई निर्देशन दिन सक्नेछ ।
  (१०) उपनियम (८) र (९) बमो जिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित चलचित्र महोत्सव आयोजकको कर्तव्य हुनेछ ।  
  (११) चलचित्र महोत्सव आयोजना गर्नेले चलचित्र महोत्सव आयोजना गर्दा प्रचलित कानूनको पालना गर्नु वा गराउनु पर्नेछ ।

 

२८ख.   अधिकार प्रत्यायोजन :- (१) मन्त्रालयले यस नियमावली बमोजिम आपूmलाई प्राप्त अधिकार बो र्डलाई प्रत्यायोजन गर्न सक्नेछ ।
  (२) केन्द्रीय चलचित्र जाँच समितिले यस नियमावली बमोजिम आपूmलाई प्राप्त भएको अधिकारमध्ये टेलिभिजन प्रसारण संस्थाबाट प्रसारण हुने चलचित्रको जाँच गर्ने अधिकार त्यस्तो टेलिभिजन प्रसारण संस्थाले र गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा प्रदर्शन गर्ने चलचित्रको  जाँच गर्ने अधिकार त्यस्तो महोत्सव आयोजना गर्ने संस्थाले  प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्ने छ ।

 

थप जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला -

http://film.gov.np/rules%20&%20act/film_rules_2057_nepali_5th_amendment_2066.pdf