मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खड्गी परिवारको `नथिङ इम्पोसिबल`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/18

करिब ९५ प्रतिशत सुटिङ सकिएको फिल्म 'नथिङ इम्पोसिबल' लाई चर्चित द्धन्दनिर्देशक राजेन्द्र खड्गीले निर्देशन गरिरहेका छन् र उनकै छोरी समेत रहेकी नायिका रागिनी खड्गीले राजेन्द्रलाई सहायक निर्देशक भएर सघाई रहेकी छिन् ।

 

फिल्ममा खड्गी परिवार नै समावेश भएको खबर यसअघि नै सार्वजनिक भईसकेको थियो तर फिल्मीखबरलाई दिईएको जानकारी अनुसार कथा पनि खड्गी परिवार कै रहेको छ । आफ्ना पितालाई एक्सन कटमा सघाईरहेकी रागिनीले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'यो फिल्मको कथा ६० प्रतिशक हाम्रै घरपरिवार भित्रको हो ।' ८/९ बर्षको बालकको कथा वरीपरी घुमेको यो फिल्मका मुख्य पात्र रागिनी कै छोरा आर्यन खड्गीले अभिनय गरेका छन् भने बहिनी रोमी खड्गी र कुशल थापा पनि मुख्य भुमिकामा छन् ।

 

फिल्ममा आफ्नी आमा समेत छोटो भुमिकामा रहेको बताउँदै रागिनीले दुई भाईले सामेत अभिनय गरिरहेको बताईन् । २१ औं सेन्चुरीका बच्चाहरू निकै तिक्ष्ण तथा प्रतिभाशाली हुन्छन् भन्ने कुरा फिल्मले देखाउने रागिनीले बताईन् । ८ वटा फिल्ममा अभिनय गरिसकेकी रागिनीले बुवामा निर्देशन क्षमता राम्रो देखेकोमा खुसी व्यक्त गर्दै भनिन्, 'म उहाँसँग काम गर्न पाउँदा निकै खुसी छु ।' अनुभव र बुवालाई काम गर्न सजिलो होला भनेर सहायक निर्देशक बनेको बताउँदै रागिनी थप्छिन्, 'निर्देशन भन्दा त अभिनय गर्न धेरै सजिलो हुने रहेछ ।'

 

'कलाकार हुँदा त अभिनयलाई मात्र ध्यान दिए पुग्थ्यो तर निर्देशक भईसके पछि फिल्मको हरे पार्टलाई बुझ्न सक्ने हुनुपर्ने रहेछ', रागिनीले भनिन्, 'फिल्म निर्देशनलाई जो कोहीले हल्का रूपले लिन हुन्न किनकी यो काम सबैभन्दा गार्‍हो छ ।' आफ्नो लक्ष्य कुशल कलाकार नै बन्ने भएकाले निर्देशक बन्ने सोच नरहेको रागिनीको भनाई छ । उनी यो फिल्ममा आईटम गर्ल समेत बनेकी छिन् । फिल्मको अहिले राजधानीमा नै सुटिङ भईरहेको छ ।