मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा भिसा लगाउने तयारी

फिल्मीखबर, काठमाण्डौ, 2012/11/18

व्यवसायिक रूपमा नेपालबाट खासै सफलता पाउन नसकेको फिल्म 'भिसा गर्ल' निर्माण युनिटले भारतको पश्चिम बंगालबाट आफ्नो लगानी सुरक्षित गर्ने योजना बनाएको छ ।

 

फिल्मका कार्यकारी निर्माता समेत रहेका नायक विनय श्रेष्ठले फिल्मीखबरलाई दिएको जानकारी अनुसार क्रिसमसको अवसर पारेर आगामी डिसेम्बर २५ तारिखका दिन सिक्किमको ग्याङतोकमा भिसा गर्लको इन्डिया प्रिमियर गरिने छ । त्यसपश्चात नेपाली समुदायको बाहुल्यता रहेको पश्चिम बंगालका सिलुगुढी, कालिङपोङ, आसाम, सिलोङ लगायतका स्थानमा फिल्म प्रदर्शन गरिने छ ।

 

भारतिय सेन्सर बोर्डले प्रदर्शनको अनुमती दिए लग्गतै फिल्म रिलिज मिती र स्थान तय गरिने विनयको भनाई छ । फिल्म प्रदर्शनका लागि निर्माण कम्पनी सिजी इन्टरटेन्मेन्टले सिक्किमको मार्क पिक्चर्स कम्पनीसँग सहकार्य गरेको बिनयले बताए । उनले भने, 'फेब्रुअरी महिनासम्म भ्याएसम्मको स्थानमा फिल्म प्रदर्शन गर्छौं र त्यसपश्चात नयाँ फिल्मको निर्माण तयारी गर्छौं ।'

 

नयाँ फिल्मका लागि स्क्रिप्टको काम शुरू गरेको विनयको भनाई छ । आउँदो जुलाई महिना सम्ममा फिल्मको सुटिङ शुरू गर्ने योजना बनाएको विनयले बताए । 'फिल्मको नशाले छोए पछि मुक्ति पाउन गार्‍हो हुन्छ त्यसैले अब अभिनयसँगै निर्माणलाई पनि अगाडी बढाउने छु', विनयले भने, 'अर्को प्रोजेक्ट सिक्किमको टिमसँग गर्ने तयारी पनि हुँदैछ ।' भिसा गर्लबाट निर्माणमा महंगो सिकाई भएको बताउँदै मन्द मुस्कानका साथ विनय थप्छन्, 'अबको सिकाई महंगो हुँदैन ।'

 

प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको भिसा गर्लमा विनयको साथमा ऋचा शर्मा, कर्म, रेमनदाश श्रेष्ठ, मेनुका प्रधान, रीमा विश्वकर्मा र सलोनी राजभण्डारीको मुख्य अभिनय रहेको छ ।