
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार पनि सकिएको छ । दशैको रौनक संगै यो पटकको तिहारमा फिल्मकर्मीहरु निकै रमाएको उनीहरुले सार्वजनिक गरेका तस्बिरहरुबाट ठम्याउन सकिन्छ ।
गत बर्ष धेरै जना फिल्मकर्मीसंग भाईटिका लगाएकी रेखा थापाले यस पटक माओवादी नेताको कृष्णबहादुर महराको घर पुगी दशै टिका लगाएको तस्बिर आफ्नो फेसबुकममा अपलोड गरेकी थिईन् तर भाई टिकाको तस्बिरहरु भने उनको वालमा कतै पनि देख्न पाईएन । यता नयाँ पुस्ताका अन्य हिरोईहनहरुलाई चुनौती दिईरहेकी प्रियंका कार्कीले लक्ष्मी पुजाको फोटो सहित भाईटिका लगाएको फोटो राखेकी छिन् । उनले आफू अभिनित पछिल्लो फिल्म कलिउडका क्यामेरा पर्सन हरि हुमागाईलाई दाई मानेकी छिन् ।
उता हाल अमेरिकामा रहेका राजबल्लभले भाई र बहिनीसंगको संयूक्त तस्बिर सार्वजनिक गरेका छन् । दीलिप रायमाझी र सुमन सिंहको पनि भाईटिका पश्चातको तस्बिर सार्बजनिक भएको छ । यसैगरी निर्देशक दिनेश डिसीले बरिष्ठ गायिका कुन्ती मोक्तानसंगको भाईटिका लगाएको तस्बिर सार्वजनिक गरेका छन् । कुन्तीसंग विगत २ बर्षदेखि डिसीले भाईटिका लगाउदै आएका हुन् ।
यता कलिउड र बलिउड दुवै ईन्डष्ट्रीजकी हिरोईन मनीषा कोईरालाले पनि आफ्नो भाईटिका लगाएको विभिन्न तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनले तीनजाना दाजुभाईसंगको भाईटिका तस्बिरहरु आफ्नो फेसबुक एकाउन्टबाट सार्वजनिक गरेकी हुन् । उता भाईटिका मनाउन विराटनगर पुगेका हिरो बिम्लेष अधिकारीले पनि आफ्नी दिदीसंगको भाईटिका पश्चातको तस्बिरहरु सार्वजनिक गरेका छन् ।
विम्लेषको हितैषी मित्र एवं हिरोईन बेनिशा हमालले पनि भाईटिकाको फ्यामेली फोटो सार्वजनिक गरेकी छिन् । यसैगरी चरित्र अभिनेत्री सुष्मा कार्कीले पनि भाईटिकाको आफ्ना केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । सुष्मा मात्र हैन चर्चित फिल्ममेकर प्रदीप उदयले फुलमालाले आफू पुजिएको तस्बिरलाई सार्वजनिक गरेका छन् ।