मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मी पुजाको यो गीतलाई जित्ने अरु गीत बन्न सकेनन्

फिल्मीखबर, काठमाण्डौ, 2012/11/13

चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ । २० बर्ष अघि तुलसी घिमिरे निर्देशित चिनो फिल्मको एक गीत भने आज पनि हरेक बर्गका श्रोता र दर्शकमाझ लोकप्रिय छ ।

 

तिहारसंग सम्बन्धीत रहेर गीतहरु नबनेका हैनन् तर २० बर्ष अघिको चिनो फिल्मको 'दियो बाली साँझको...' गीत अझै पनि कालजयी छ । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन सम्पूर्ण टेलिभिजन र रेडियोमा अत्याधिक बज्ने गर्दछ । आशा भोस्लेको स्वरमा सजिएको यो गीतमा शुभद्रा अधिकारी फिचर भएकी छिन् । सन्दर्भ आज लक्ष्मी पूजा परेकाले रेडियो र टेलिभिजनमा बिहानै देखि यो गीत घन्किन थालिसकेका छन् ।


शुभद्राले पनि आफ्नो आफ्नो फिल्मी करिअरको सर्वाधिक उत्कृष्ट भनेकी छिन् यो गीतलाई । गीतमा रन्जीत गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको छ । चिनो फिल्म २०४८ सालको छेकोमा रिलिज भएको थियो । यसैगरी शम्भु प्रधान निर्देशित स्वर्गको 'तिहारै आयो लौ झिलिमिली...' पनि तिहार गीत मध्येको अर्को उत्कृष्ट गीत हो । लक्ष्मी पूजाको हरेक बर्ष यो गीतमा देउसी भैलेनी खेल्नेहरु रमाउने गर्दछन् ।

 

दियो बाली साँझको...

 

तिहारै आयो लौ झिलिमिली...