
फस्ट लुक रिलिज भए लगत्तै सोसल साईटहरूमा निकै चर्चा पाएको फिल्म छड्केको गीत सार्वजनिक गरिएको छ । एक एकाना दुई बोलको सार्वजनिक गीतमा नायिका नम्रता श्रेष्ठलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ ।
फेब्रुअरी महिनाको पहिलो साता रिलिज गर्ने योजना बनाईएको ग्याङस्टार फिल्म 'छड्के' लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिज र रस ताण्डवको प्रस्तुती रहेको यो फिल्मलाई नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गरेका हुन् । फिल्ममा नम्रताको साथमा सौगात मल्ल, रबिन श्रेष्ठ, अर्पण थापा, दयाहाङ राई, सुनिल पोखरेल, प्रतिक राज न्यौपाने लगायतको अभिनय रहेको छ ।
छड्केको छायाँकन संजय लामाले गरेका हुन् भने संगीत नाईट ब्याण्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । यस्तै फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन हेर्न सकिनेछ ।