मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दश दिन पर धकेलियो फिल्मीखबर डिजिटल अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2012/11/12

मंसिर १४ गते हुने भनिएको फिल्मीखबर डिजिटल फिल्म अवार्ड दश दिन पर सरेको छ । सोमबार अवार्डका लागि उत्कृष्ट पाँच मनोनयमा पर्न सफल फिल्महरुको प्रमाण पत्र वितरण कार्यक्रममा अवार्ड हुने निर्धारित कार्यक्रम तालिका हेरफेर भएको रहस्य बाहिरिएको हो ।

 

यस अघिको पत्रकार सम्मेलनमा मंसिर १४ को मितिमा भब्य कार्यक्रम गरी अवार्ड सम्पन्न गर्ने कार्यक्रम तय गरिएको आयोजक छायाँछबी क्रिएसनले आफ्नो प्रेस रिलिजमा उल्लेख गरेको थियो तर आजको पत्रकार सम्मेलनमा भने कार्यक्रम सरेको औपचारिक जानकारी दिईएन । कार्यक्रममा बोल्दै गर्दा अवार्डका अध्यक्ष शान्तिप्रियले अकस्मात मंसिर १४ को साटो २४ गते कार्यक्रम हुने बताएपछि फिल्मीखबर डटकमले अवार्ड सरेको रहस्य थाहा पाएको हो ।

 

पत्रकार सम्मेलन पश्चात अध्यक्ष शान्तिप्रियलाई यो बिषयमा प्रश्न गर्दा उनले कार्यक्रम सरेको स्वीकार गरे तर उनले किन र के कारणले दश दिनका लागि कार्यक्रम धकेल्नु पर्यो भन्ने प्रश्नको उत्तर भने दिन चाहेनन् । यध्यपी मंसिर ७ देखि १४ सम्म लमजुङमा हुने चलचित्र निर्देशक समाजको कार्यक्रममा आफ्ना रेगुलर होष्ट दिनेश डिसी ब्यस्त हुने भएकाले यो अवार्ड कार्यक्रम सारिएको अनुमान काट्न सकिन्छ ।

 

केही हप्ताअघि मात्र निर्देशक समाजको कार्यसमिति सदस्यमा तानिएका डिसी मंसिर ५ देखि १४ सम्म वर्कसपका लागि पूर्ण ब्यस्त हुदैछन् तसर्थ पनि विगतका तिन वटा कार्यक्रमलाई होस्ट गरिसकेका डिसीको ब्यस्तता उता हुने निश्चित देखिएपछि अवार्ड धकेलिएको प्रष्टीन्छ । यस्तै अकस्मात डेढ महिना पर धकेलिएको निर्देशक समाजको वर्कसपको धकेलाईसंगै करिब ८० को संख्यामा फिल्मकर्मीहरु सो वर्कसपमा सहभागी हुने हुदा पनि अवार्ड सार्न छायाँछबी क्रिएसन बाध्य भएको अर्को कारण हो ।

 

डिजिटल फर्मयाटमा बनेका जति पनि फिल्महरु छन् ती फिल्ममेकरहरुलाई प्रोत्सान एवं सम्मान गर्ने उद्देश्यका साथ विगत चार बर्षदेखि हुदै आएको यो पटकको अवार्डमा ३४ विद्या तय गरिएका छन् । अवार्डका लागि विद्याहरु के-के हुन् र उत्कृष्ट पाँच मनोनयनमा कुन फिल्म र को–को फिल्मकर्मी परेका छन् थाहा पाउन तलको हेडलाईन लिंकमा क्लिक गर्नुस  ।