मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोक्षले खोलेन कथा

फिल्मीखबर, काठमाण्डौ, 2012/11/10

करिब एक महिना देखि फ्लोरमा रहेको फिल्म 'मोक्ष' को सुटिङ अन्तिम चरणमा पुगेको छ । तीन वटा कन्सर्टको सिन छोडेर सोमबार फिल्मको प्याकअप गरिंदै छ ।

 

सयौं भिडियो सम्पादन र ४ दर्जन जति म्युजिक भिडियो निर्देशनको अनुभव पछि पहिलो पटक प्रबिन श्रेष्ठले फिल्म 'मोक्ष' को निर्देशन गरेका हुन् । मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको सो फिल्मको कथाबस्तु मात्र हैन अहिलेसम्म गरिएको सुटिङको कुनै पनि तस्विरहरू सार्वजनिक गरिएको छैन । शुक्रबार जोरपाटीमा एक्सन कट भनिरहेका बेला फुर्सद निकाल्दै फिल्मीखबरसँग कुरा गर्दै निर्देशक श्रेष्ठले भने, 'सुटिङ पूर्ण रूपमा सकिएपछि मात्र हामीले फिल्मको बारेमा जानकारी गराउने निर्णय गरेका छौं ।'

 

२६ औं दिनमा सुटिङ गरिरहेका निर्देशक श्रेष्ठले फिल्ममा कन्सर्टको सिन रहेकाले जनवरी महिना तिर सुटिङ गर्ने बताए । उनले भने, 'अहिले कलाकारहरूलाई कन्सर्टको लागि ट्रेनिङ दिईरहेका छौं ।' स्वतन्त्रको अर्थ बोकेको मोक्ष फिल्ममा बेनिशा हमाल, कोशिश क्षेत्री, मनिष गोदार, विक्रम सिंह, दिपेश भण्डारी, दुर्गा बराईली, बसन्त भट्ट, सपना श्रेष्ठ, शेखर चापागाईं, रश्मी भट्ट, बिशाल ढुंगाना लगायतले अभिनय गरेका छन् ।

 

रक र पप गरी सात वटा गीत समावेश गरिएको सो फिल्ममा संजिब सिंह, मनिष गोदार, रबिन श्रेष्ठ, प्रबिन श्रेष्ठ र धिलुन राईको संगीत रहेको छ भने पाँच जना क्यामेराम्यान रबिन श्रेष्ठ, प्रताप सिंह, हरि हुमागाईं, बिकाश श्रेष्ठ र मानष सिंहले छायाँकन गरिरहेका छन् । प्रबिन श्रेष्ठको कथा, प्रज्ञान थापा र राजन कठेतको पटकथा रहेको यो फिल्मलाई जुलाई महिना तिर रिलिज गर्ने योजना बनाईएको छ ।