
'फिल्मको बिजनेस कति भयो भन्दा पनि दर्शक कति छ भनेर सोध्नुस्', वितरक सुनिल मानन्धरले शुक्रबारको बिजनेस रिपोर्टको लिन खोज्दा प्रतिक्रिया दिए । यध्यपी जीवन लुईटेल र रेखा थापाले लिड गरेको फिल्मले भुवन केसीको फिल्मलाई तल पारेको छ ।
भुवन केसी लिड रोलमा रहेको विरासतले शुक्रबार १५ पर्दाबाट १ लाख २५ हजारको लज्जास्पद ब्यापार गरेको छ भने जब जब माया बस्छले २ लाख ७५ हजार । जब जब माया बस्छले ११ पर्दाबाट उक्त ब्यापार गरेको हो । 'रिलिज भएको दिन यस किसिमको ब्यापार गर्नु अब फिल्म उद्योगमा आर्थिक संकट सरह हो', फिल्म निर्माता समेत रहेका वितरक मानन्धरको भनाई छ । उनको नजरमा अब फिल्म उद्योगमा औपचारिक संकटकाल घोषणा गर्न जरुरी छैन यो स्वत लागु भईसकेको छ । उनले भने, 'रिलिज भएको पहिलो दिन केही नभए पनि ४ लाख विजनेस गर्नुपर्थ्यो तर यहाँ दुई वटा फिल्मको जोड्दा पनि चार लाखको आधा उठ्ने अवस्था रहेन ।'
उता शुक्रबारबाट मोफसलमा रिलिज भएको ईशाराको ब्यापारले पनि निर्माताको मुहारमा खुशी ल्याउन सकेन । यो फिल्म गत हप्ता राजधानीमा फल्प भएको थियो । वितरक नरेन्द्र महर्जनका अनुसार पछिल्लो तीन महिना देखि नेपाली फिल्म हेर्न दर्शक हलमा आएकै छैनन् तसर्थ ब्यापार शुन्य छ । फिल्मको ब्यापार नभएपछि हेटौंडामा उनले खोलेको अत्याधुनिक सुविधा सम्पन्न ओम्याक्स हलको दैनिक खर्च समेत उठाउन उनलाई हम्मे परिसकेको छ ।
यसैगरी ६० लाखको लगानीमा बनेको सो सिम्पल हेर्न दर्शक हल नगएपछि केशब भट्टराई पनि अहिलेको अवस्थालाई अघोषित रुपमा संकटकाल भन्न रुचाउछन् । यध्यपी उनी संकटकाल घोषणा गरेर मात्र बजार सुधार नहुने तर्क गर्छन् । उनी भन्छन्, 'संकटकाल लगाएर चाहि के गर्ने त्यसैले सवैभन्दा पहिले बजारमा नाङगा फिल्म चलाउन दिनु हुदैन र हप्तै पिच्छे पाँच वटा फिल्म रिलिज हुने यो क्रम रोक्नै पर्छ ।'
भट्टराई मात्र हैन राजधानीमा आफ्नो सम्पूर्ण पावर लगाएर दुई हप्ता सम्म सोलो रिलिज गर्दा पनि रोज राणाको म छु नि तिम्रोले मुस्किले दश लाखको ब्यापार गर्न सकेन । यसर्थमा भन्नु पर्दा रोजको हकमा पनि अहिलेको अबस्थालाई मध्यनजर गरी औपचारिक रुपमा संकटकाल घोषणा गर्न जरुरी छ ।