मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आजबाट भाईरस र वितेका पल फ्लोरमा

फिल्मीखबर, काठमाण्डौ, 2012/11/08

पछिल्लो समय नेपाली फिल्महरु धमाधम फ्लप भैरहे पनि नेपाली फिल्ममेकरहरुले फिल्म बनाउन भने छोडेका छैनन् । नेपाली फिल्मको बजार बिग्रदैँ गईरहेको अवस्थामा पनि फिल्ममेकरहरुले आफ्नो फिल्मलाई हिट बनाउने उद्देश्य लिएर फिल्मलाई दिनदिनै फ्लोरमा लैजाने क्रम बढ्दो छ । यसैक्रममा आजकै दिनमात्रै दुई वटा फिल्महरु एकसाथ फ्लोरमा गएका छन् । ती दुई फिल्महरु हुन् भाईरस र वितेका पल ।



 भाईरसलाई निर्देशक रामराजा दाहाल आफैले निर्माण गर्न लागेका हुन् । करिब दुई वर्षको ग्यापमा आफैले निर्माण गर्न लागेको फिल्म भाईरसलाई निर्देशक दाहालले आफ्नो करिअर संग जोडिएको फिल्मको रुपमा चित्रण गर्छन् । 'यो फिल्मसंग मेरो करिअर जोडिएको छ', फ्लोरबाट फिल्मीखबर डटकमलाई जानकारी दिँदै दाहालले भने–'फिल्मलाई उत्कृष्ट बनाउनका लागी कुनै कम्प्रमाईज गरेको छैन ।'

 

आजबाट फ्लोरमा गएको फिल्म भाईरसलाई करिब २५ दिनमा ईन्डक्ल्याप गरिसक्ने रामराजाले बताए । फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, मानव सुवेदी, सोना तिमिल्सिनाको साथमा फिल्मीखबरकर्मी रेम बिकले समेत अभिनय गर्दैछन्  । सपनाहरुको कथा भनिएको फिल्म भाईरसलाई सिनेम्याटोग्राफर सुशान्त प्रजापतिले क्यामेरामा कैद गर्दैछन् ।



बाटोमुनीको फुलका निर्माता राजेश घतानीले आफ्नो जन्मदिनको अवसर पारेर आजैबाट दोस्रो फिल्म वितेका पललाई फ्लोरमा लगेका छन् । सुरज सुब्बा नाल्बोको निर्देशनमा फ्लोरमा गएको सो फिल्ममा केकी अधिकारी, बाबु बोगटी, अबिनाश गुरूङ मुख्य भुमिकामा रहनेछन् । दार्जिलिङमा समेत सुटिङ हुने सो फिल्म युनिटले सुटिङ शुरू भने काठमाण्डौबाट गरेको छ ।

 

राजेश घतानीको कथा र निर्देशक सुब्बाको पटकथा तथा संवाद रहेको बितेका पलमा डम्बर नेपाली र रोशन लामाको संगीत, हरि लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र अर्जुन गौतमको करियोग्राफी रहनेछ । यो फिल्म करिब ६० लाखको बजेटमा बिग प्रोडक्सन हाउसले निर्माण गर्नेछ ।