मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

गोदावरी र रंगशालामा रेखा र किशोरको रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/11/06

ललितपुरको गोदावरी पार्क र काठमाण्डौको दशरथ रंगशालामा नायिका रेखा थापा र नायक किशोर खतिवडाले रोमान्स गरेको भिडियो गीत फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । केहि दिन अगाडी मात्र सुटिङ गरिएको फिल्म लंकाको उक्त गीतमा रेखा किशोरको हुन हतार गरेको शब्दलाई बुनिएको छ ।

 

कार्तिक २४ गतेबाट मंसिर १ गतेका लागि रिलिज पोष्टपोण्ड गरिएको लंकाको उक्त गीतमा प्रदिप भारद्धाजको शब्द तथा सन्तोष रजौरेको संगीत रहेको छ भने स्वर दीपक लिम्बु र प्रविशा अधिकारीको रहेको छ । उक्त गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् भने छायाँकन मदन कास्यप घिमिरेको रहेको छ ।

 

चण्डिका फिल्म्सको व्यानरमा श्याम भट्टराईको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा रेखा र किशोरको साथमा नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईराला, ममता प्रधान, अनु गायक, आयुष्मा कार्की, सिताष्मा थापा लगायतले अभिनय गरेका छन् । छबिराज ओझाको कथा रहेको यो फिल्मका निर्माताको रूपमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटु समेत रहेका छन् ।