
दुई बालबालिका र एउटा परेवाको वरिपरी कथा घुमेको फिल्म 'कारा' को अफिसियल प्रोमो रिलिज गरिएको छ । गत जुलाई महिनामा फस्ट लुक रिलिज गरेको निर्माण युनिटले अहिले केहि नयाँ कुरा थपेर साढे दुई मिनेटको प्रोमो रिलिज गरेको हो ।
भारतमा फिल्म निर्देशनको अध्ययन र केहि सर्ट फिल्मको अनुभवले पहिलो पटक फिचर फिल्म 'कारा' लाई केशब पाण्डेले निर्देशन गरेका हुन् । दुई दाजु बहिनी, एउटा परेवासंगको सम्बन्धलाई मुख्य कथानक बनाईेको सो फिल्ममा प्रवेग पाण्डे र स्नाबु न्यौपानेको मुख्य अभिनय रहेको छ । बिशालनगर स्थित अश्लेशा इन्टरटेन्मेन्ट नामक प्रोडक्सन कम्पनीमा निमेश श्रेष्ठले सम्पादनलाई अन्तिम रूप दिईरहेको यो फिल्मको कथा निर्देशक स्वयंले तयार पारेका हुन् ।
फिल्मको पहिला पोष्ट-प्रोडक्सनको काम सकेर मात्र रिलिजको योजना बनाउने बताउँदै निर्देशक पाण्डेले भने, 'रिलिज डेट फिक्स गरेपछि पोष्टमा हतार गर्न पर्छ त्यसैले आरामले फिल्मको काम पूर्ण गरेपछि मात्र रिलिजको बारेमा योजना बनाउँछौं ।' सिनेमा डोरले निर्माण गरेको यो फिल्मलाई गोर्खामा छायाँकन गरिएको हो ।