मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मंगोलियन गर्ल` को बिमोचनमा मदनकृष्ण र शम्भुजित

फिल्मीखबर, काठमाण्डौ, 2012/11/04

केहि तामाङ फिल्ममा अभिनय गरेकी नायिका चन्दा घिसिङ गायिका समेत हुन् । उनले आजै मात्र आफ्नो एकल एल्बमको बिमोचन गराईन् ।

 

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र संगीतकार शम्भुजित बाँस्कोटाले एक कार्यक्रमका बिच एल्बम 'मंगोलियन गर्ल' को बिमोचन गरे । मिख्ली, च्याङवा, मायुङ बुरिङ जस्ता तामाङ भाषा र संस्कृतीमा आधारित फिल्ममा अभिनय गरेकी चन्दाले अब गायनलाई पहिलो प्राथमिकतामा राख्ने बताईन् ।

 

एक्सन इन्टरटेन्मेन्ट प्रालीले बजारमा ल्याएको सो एल्बममा शम्भुजित बाँस्कोटा, विजु बज्र लगायतका संगीतकारले संगीत भरेका छन् भने डा. भोला रिजाल, भुपेन्द्र खड्का, अशोक प्यासी राई लगायतको शब्द रहेको छ ।