
असोज १९ गते नेपालमा रिलिज भएको प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म 'भिसा गर्ल' लाई भोली आईतवार लण्डनमा प्रिमियर गरिंदै छ । अल्छिलाग्यो डट कमले सो प्रिमियरको आयोजना गरेको हो ।
नेपालबाट व्यवसायिक सफलता हात पार्न नसकेको यो फिल्मले बिदेशी बजारमा भने राम्रै सफलता हात पार्ने निर्माण टिमको बिश्वास छ । फिल्मलाई लण्डन सहित बेलायतको अन्य ४ शहरमा पनि रिलिज गरिने भएको छ । लण्डनको समय अनुसार भोली दिउँसो साढे १ बजे सफारी सिनेमामा फिल्मको प्रिमियर गरिने छ ।
सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा निर्देशक श्रेष्ठकै लेखन रहेको सो फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो ।